चितवन । नेपाल विद्यार्थी संघ चितवनका नेता सुमित पराजुली नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको कार्य सम्पादन समितिमा चयन हुनुभएको छ । महानगर सभापति चित्रसेन अधिकारीले पराजुलीलाई कार्य सम्पादन समितिमा चयन गर्नुभएको हो । महानगर सभापति अधिकारीले पराजुली सहित १५ जनालाई कार्य सम्पादन समितिमा चयन गर्नुभएको हो।
Advertisement
नेविसंघले गर्ने बिविध आन्दोलन र गतिविधिमा अग्रपंक्तिमा देखिने पराजुली बिद्यार्थीलाई परेका समस्या समाधानमा पनि उत्तिकै अग्रसर रहँदै आउनुभएको छ । राजनीति पृष्ठभूमिमा जन्मिनुभएको उहाँ नेविसंघ चितवनका संस्थापक सभापति डन्डपाडी पराजुलीका नाती समेत हुनुहुन्छ ।
नेपाली कांग्रेसका पूर्व सचिव, सचेतक एवम् पूर्व सांसद शोभाकर पराजुली साईला हजुरबुबा हुनुहुन्छ। राजनीति संगसंगै पराजुली समाज सेवामा पनि सक्रिय हुनुहुन्छ ।