×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

व्यवसायिक पशुपालनको विकासमा इच्छाकामना, बाख्रा पालक किसानलाई जनही १० हजार प्रदान


  •   बुधबार, चैत २३, २०७८
  • चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम यही सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध गराएको छ ।

    Advertisement

    किसानले व्यवसायिक कार्य गर्न सकेमात्रै गाउँपालिकाको आर्थिक समृद्धि हुने भन्दै गाउँपालिकाले नमुना खोर निर्माण र सुधारका लागि वडानम्वर १ का ३ वटा समूहभित्रका ३३ जना बाख्रा पालक किसानहरुलाई जनही १० हजार अनुदान उपलब्ध गराइएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

    गुरुङका अनुसार यो पहिलो चरणको कार्यक्रम भएको र बाँकी गाउँपालिका भित्रका ५२ वटा समूहमा आवद्ध १ सय ३० जना किसानलाई नमूना खोर निर्माण र सुधारका लागि यही आर्थिक वर्षभित्र अनुदान रकम हस्तान्तरण गरिनेछ । यसका लागि गाउँपालिकाले हेफर इन्टरनेशनल नामक गैरसरकारी संस्थासँग सहकार्य र समन्वय गरिएको गुरुङको भनाई छ।

    अध्यक्ष गुरुङका अनुसार जम्मा लागतको २५ प्रतिशत खर्च संस्थाले व्यहोर्ने छ भने बाँकी गाउँपालिकाले उपलब्ध गराएको हो । यो कार्यक्रम सफल पार्न आगामी ३ वर्षभित्र १ करोड ५२ लाख रुपैयाँ अनुदानस्वरुप ती किसानहरुलाई उपलब्ध गराइनेछ ।

    यसले बाख्रा पालनमा व्यवासयिकता मात्रै नभई गाउँपालिकालाई पकेट क्षेत्र बनाउने लक्ष्य सहित अभियान जारी रहने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

    समूहमा आवद्ध कृषकहरुमा उत्कृष्ट खोर निर्माण गर्ने एकजनालाई २५ हजार नगद रकम सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    यसै कार्यक्रम अन्तर्गत अब छिट्टै किसानहरुलाई बिउ बाख्रा बाड्नुका साथै युवा र बा समूहहरु गठन गरि जीवन परिवर्तनको लागि आधारशिला तालिम दिने तयारी समेत गाउँपालिकाको रहेको गुरुङको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.