×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

श्रममन्त्री श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेटवार्ता


  •   मङ्गलबार, चैत २२, २०७८
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका बिषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ ।
    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । सामाजिक सुरक्षा अन्तर्गत सय दिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत संचालन भइरहेको बताउनुहुँदै उहाँले यस कार्यक्रमले कोभिड १९ महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको बताउनुभयो ।
    अहिले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमका कार्यक्रमहरुलाई एकत्रित रुपमा संचालन गरी सीपयुक्त जनशक्ती उत्पादन गर्ने सरकारको नीति रहेको बताउनुहुँदै उहाँले सातै प्रदेशमा निर्माण गरिने तालिम केन्द्रका लागि विश्व बैंकबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । बिश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताउनुभयो ।
    नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धन सम्वन्धि नीति कार्यान्वयनमा बिश्व बैंकले सहयोग गर्ने लीनले बताउनुभयो । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले विपन्‍न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत् श्रम बजारको परिणाममा सुधार ल्याउने उहाँले बताउनुभयो ।
    माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो । विश्व बैंक नेपालको प्रमुख दातृ निकाय हो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.