×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

आर्मीद्वारा वालिङको पोष्टमा १० गोल, दोस्रो स्थानमा उक्लियो आर्मी


  •   मङ्गलबार, चैत २२, २०७८
  • चितवन । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

    Advertisement

    भरतपुर १९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मी घिसिङ, कुशुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे ।

    आर्मीकी खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन् । १५ औं मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १७ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो । २४ औं मिनेटमा अमिशाले गोल गरेपछि पहिलो हाफमा आर्मीले ४–० को अग्रता लियो ।

    दोस्रो हाफमा मौदान आर्मीले ६ गोल थप्यो । ५३ औं मिनेटमा रश्मीले आर्मीका लागि पाचौं गोल गरिन् । ६२ औं मिनेटमा मैदान प्रवेश गरेकी सपनाले हृयाट्रिक गरिन् । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गरिन् । ६५ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ७–० को अग्रता दिलाईन्।

    ७५ औं मिनेटमा कुशुमले गोलपछि आर्मीले ८–० को अग्रता लियो । ८२ औं मिनेटमा सपनाले हृयाट्रिक पूरा गरिन् । ८७ औं मिनेटमा हेमाले गोल गरेपछि आर्मी १०–० ले विजयी भयो । आर्मीकी दीपा प्लेयर अफ दि म्याच भईन् ।
    यो जितपछि आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा आर्मीको ३ जित र दुई हारबाट ९ अंक छ । एक खेल कम खेलेको धनगढी समान अंक भए पनि गोल आधारमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।
    आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले ललितपुरविरुद्ध सहज जित निकालेको छ । एपिएफले ललितपुरलाई ४–० ले हराएको हो ।
    एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हिरा कुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे । डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा ललितपुरका डिफेन्डर र गोलकिपर एपिएफका लागि बाधक बने । ललितपुरका डिफेन्डर र गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे ।

    एपिएफलाई गोल निकाल्न ६२ औं मिनेटसम्म कुर्नु प¥यो । ६२ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । ६८ औं मिनेटमा हिरा कुमारीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् ।
    खेलको अन्त्य तिर ललितपुर सम्हालिन नसक्दा थप दुई गोल खायो । निर्धारित समयको खेल सकिएर थप गरिएको ७ मिनेटमा सरु र रेनुकाले गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाए । खेलको प्लेयर अफ दि म्याच एपिएफकी हिरा कुमारी भुजेल घोषित भईन् ।

    यो जितपछि शिर्ष स्थानको एपिएफले दोस्रो स्थानको आर्मीसँगको अंक दुरि बढाएको छ । पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको एपिएफको १५ अंक छ । समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरको समान खेलबाट ३ अंक मात्र छ ।
    लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे विराटनगर र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र नेपाल पुलिस क्लबबीच हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.