×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चैत २४ बाट नवलपुरमा टाईफाईड रोग बिरुद्धको खोप लगाइने, लक्षितवर्ग नछुट्न आह्वान


  •   मङ्गलबार, चैत २२, २०७८
  • नवलपुर । नवलपुरमा टाईफाईड रोग विरुद्धको खोप अभियान चैत्र २४ गते बाट सुरु हुने भएको छ । नेपालमा बिरामी हुने तेस्रो कारण र अस्पताल भर्ना हुने चौथो स्थानमा रहेको टाईफाईड रोग भाईरस संक्रमणका कारण हुने रोग भएकाले सरकारले देशैभर खोप अभियान चलाउने भएको हो । सोही अनुसार नवलपुरमा चैत्र २४ देखि शुरु गरेर चैत्र मसान्तभित्र सम्पन्न गर्ने गरि पूर्व तयारी भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

    Advertisement

    १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई बिद्यालयलमा खोप केन्द्र शिविर बनाएर खोप लगाईने उहाँको भनाई छ । बिद्यालय नजाने उमेरका बालबालिकालाई समेत स्थानीय स्वास्थ्य शाखाले तोेकेको खोप केन्द्र अर्थात पायक पर्ने विद्यालयमा तोकिएको समयमा पुर्याएर खोप लगाउन उहाँको आह्वान छ ।
    बिश्व स्वास्थ्य संगठनले सिफारीस गरेको टाईफाईड कन्जेकेट भ्याक्सिन जिल्लाका करिव ८५ हजार बालबालिकालाई दिईने कार्यालय प्रमुख चापागाईले बताउनुभयो । बिद्यालय परिसरबाट सेवा प्रवाह गरिने भएकाले सम्वन्धित पालिकाको स्वास्थ्य शाखाले बिद्यालयका प्रधानाध्यापक र खोप केन्द्र विद्यालयका एक शिक्षिका समेतलाई अभिमुखीरकणमा समावेश गराएर प्रभावकारी सेवा सञ्चालन गरिने समेत उहाँको भनाई छ।

    अभियानमा दुइ सय ५० वटा खोप केन्द्रबाट खोप लगाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । खोप केन्द्रमा तीन सय १० स्वास्थ्य कर्मी परिचालन गरिने छ । टाइफाइड विरुद्धको खोप अभियानका लागि नवलपुरमा १६ हजार आठ सय ९६ भाइल खोप आएको छ । सामान्य बिरामी परेका वा औषधि सेवन गरेका बालबालिकालाई खोप दिन मिल्ने भएता पनि अति ज्वरो वा दिर्घ प्रकृतिका रोगी बालबालिकालाई खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने स्वास्थ्य प्रमुख चापागाईले बताउनु भयो ।
    कावासोतीमा २५ हजार बालबालिकालाई टाइफाइड खोप लगाउने लक्ष्य लिइएको छ । नगर भित्रका १५ महिना देखि १५ बर्ष उमेरसम्मका २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो ।

    यसपटक देशैभर अभियानका रुपमा थालिएको टाईफाईड बिरुद्धको खोप आउँदो जेठदेखि १५ महिना उमेरका बालबालिकालाई नियमित रुपमा दादुरा–रुवेला विरुद्धको नियमित खोपको साथमै लगाईनेछ । अन्य खोपले जस्तै सामान्य रिगटा लाग्ने वा सामान्य ज्वरो आउने सक्ने भएपनि खोपको अन्य साईड ईफेक्ट नरहेको स्वास्थ्य प्रमुख चापागाईले बताउनु भयो । यो अभियानपछि भने टाइफाइड खोपलाई नियमित गरिने तर दुई वर्षभन्दा मुनि १५ महिना माथिका बालवालिकालाई मात्रै लगाइने उहाँको भनाई छ ।स्वास्थ्य कार्यालय नवलपुरका अनुसार चैत २४ देखि देवचुली,कावासोती,हुप्सेकोट,विनयी त्रिवेणीमा सुरुहुने र मध्यविन्दु, गैँडाकोट,बौदीकालिमा चैत २५ देखि र बुलिङ्गटारमा चैत २७ देखि खोप अभियान सुरु हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.