चितवन । नेपली काँग्रेस भरतपुर महानगर समितिले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहित को दफा धारा ९ को उपधारा ५ (क, ख) बमोजिम कार्यसम्पादन समिति गठन गरिएको हो ।
समितिको सभापतिमा चित्रसेन अधिकारी, उपसभापतिमा बुद्धिकान्त न्यौपाने, विजय घले, सचिवमा प्रनिशा गुरुङ, कृष्ण बगाले, कोषाध्यक्षमा विष्णु प्रसाद कडँेल, सहसचिवमा उपेन्द्र पौडेल, कल्पना पौडेल खड्का रहनुभएको छ ।
समितिको बरिष्ठ सदस्यमा भरत अधिकारी,प्रवक्तामा ईश्वर प्रभाकर श्रेष्ठ, सदस्यहरुमा अम्बिका भण्डारी, चुम बहादुर जिसी,तीर्थ पोख्रेल, किशोर गुरुङ, तेजेन्द्र पौड्याल, शान्ता गुरुङ,उदयकृष्ण अधिकारी, सुमित पराजुली, दिवस ढकाल,महेन्द्र लामिछाने,विश्वनिधि अर्याल, मनोज श्रेष्ठ, संगिता कुमारी महतो, लक्ष्मण आचार्य र गोविन्द अधिकारी रहनुभएको छ ।
कार्यसम्पादन समिति गठन गरिएको जानकारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुर,प्रदेश कार्यालय, हेटौडा, नेपाली कांग्रेस जिल्ला कार्यालय चितवनलाई बोधर्थ समेत गरिएको छ ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिद्वारा कार्यसम्पादन समिति गठन
नेपाली कांग्रेस भरतपुर महानगर समितिद्वारा कार्यसम्पादन समिति गठन
Advertisement
तपाईको प्रतिक्रिया