×
बुधबार, बैशाख ०२, २०८३
☰
बुधबार, बैशाख ०२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

रत्ननगरमा होमस्टे सहितको साँस्कृतिक ग्राम उद्घाटन, इको पार्क समेत निर्माण जारी


  •   सोमबार, चैत २१, २०७८
  • चितवन । चितवनको रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको हो ।

    Advertisement

    सोमबार एक समारोहका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा संस्कृतिक ग्रामको उद्घाटन गर्नुभयो । सो नगरपालिकाले सांस्कृतिक ग्रामको उद्घाटनसंगै सञ्चालनको लागि सामुदायिक वनलाई हस्तान्तरण गरेको छ । सञ्चालनको लागि मेयर नारायण वन र वनका अध्यक्ष इश्वरी प्रसाद लामिछानेले सम्झौतापत्रका हस्ताक्षर समेत गर्नुभएको छ । सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा नगरपालिकाको १ करोड ६१ लाख र सामुदायिक वनको १४ लाख ५० हजारको लगानीमा विभिन्न जातजातीका सात वटा घर निर्माण गरिएको छ ।

    होम स्टेका लागि चेपाङ,थारु,दराई,कुमाल,मुसहर,गुरुङ र तामाङको परम्परागत घर निर्माण गरिएको छ । होम स्टेमा १२ वटा रुम रहेको र ३७ जना पर्यटकलाई रात बस्न मिल्ने क्षमता रहेको छ । भान्साकोठा,डाइनिङ हल,सभाहल समेत रहेको छ । पर्यटन प्रर्वद्धन गरी स्थानीय समुदायको आयआर्जनको लागि होम स्टे सहितको साँस्कृतिक ग्राम निर्माण गरिएको मेयर नारायण वनले बताउनुभयो ।

    स्थानीय आदिबासी जनजातीको पहिचान झल्किने,बहुभाषिक,बहु सांस्कृतिक, बहुजातीय विविधतायुक्त समाजको प्रतिनिधित्व हुने गरी होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । सौराहामा आएका पर्यटकलाई होम स्टेमा सेवा प्रदान गरी रत्ननगरलाई पर्यटन प्रर्बद्धनका हिसावले अब्बल बनाउने उद्देश्य रहेको मेयर वनले बताउनुभयो । सौराहालाई सिरानी हालेर रत्ननगरका अन्य ठाउँमा पर्यटन गतिविधि बढाउने योजना रहेको उहाँले बताउनुभयो । सौराहामा आएका पर्यटकलाई साँस्कृतिक ग्राम,मणिखोला पार्क,धर्मधाम जिरौना सम्म लैजाने र पर्यटकको बसाइ लम्ब्याउने दीर्घकालिन योजना अनुुुुसार पर्यटकीय पार्क निर्माण गरिएको उहाँको भनाई छ ।
    संस्कृतिग्रमबाट भएको आम्दानीको ४० प्रतिशत होम स्टेको स्तरोन्नती गर्ने,४० प्रतिशत सामुदायिक वनको विकास र २० प्रतिशत स्थानीय समुदायको आयआर्जनमा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा वनका अध्यक्ष लामिछानेले निकुञ्ज भित्रको चाँप कम गर्न स्थानीय सरकारसंगको सहकार्यमा पार्क निर्माण गरिएको बताए । निकुञ्ज आफैमा ठुलो पार्क हो । उहाँले भन्नुभयो,“ पर्यटकीय गतिविधिले निकुञ्जमा चाँप बढी छ,त्यसलाई घटाउन होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । ”

    कार्यक्रममा उपमेयर विमला दुवाडीले पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउन होम स्टे सञ्चालनमा ल्याएको बताउनुभयो । परम्परागत संस्कृतिको प्रर्दशन तथा स्थानीय उत्पादनको खपतका हिसावले सांकृतिक ग्रामको उपयोग गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मी लगायतको सहभागिता रहेको थियो । सोही क्षेत्रमा इको पार्क निर्माणको लागि प्रदेश सरकारले १ करोड ४० लाख रुपैया लगानी गरेको छ । नगरपालिका,सामुदायिक वन र प्रदेश सरकारको सयुक्त लगानीमा होम स्टे सहितको इको पार्क निर्माणको भइरहेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.