×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

गठवन्धन सरकारले फेरि १२ घण्टा लोडसेडिङ गराउँदैछ : ईश्वर पोख्रेल


  •   सोमबार, चैत २१, २०७८
  • चितवन । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेलाई सत्यानाश गर्न मात्रै गठवन्धन गरेको आरोप लगाउनुभएको छ । आर्थिक विकास र समृद्धिको नारा ल्याएर काम गर्ने पार्टी नेकपा एमाले भएकाले यसमा गोलबद्ध हुन उहाँको आह्वान थियो । नेकपा एमाले चितवनले आयोजना गरेको जेपी भेटवालको चौथो स्मृति दिवसमा आयोजित श्रद्धाञ्जली सभा एवं स्मृतिग्रन्थ विमोचन समारोहमा बोल्दै उहाँल सिद्धान्त, विचार, संविधान कार्यान्वयनका मुद्दा नमिल्दा नमिल्दै पनि गठवन्धनमा कायम रहेको बताउनुभयो । नेकपा एमालेलाई सत्यानाश गर्नैका लागि विचार सिद्धान्त नमिल्दापनि गठवन्धन रहेको उहाँको भनाई थियो ।

    Advertisement

    पोख्रेलले भन्नुभयो,“ आर्थिक विकास समृद्धि चाहादैनन् गठवन्धनले । देश गञ्जागोल होस् भन्ने चाहान्छन् । देख्नुभयो होला अव बैँकमा पैसा सकिदैछ । १२ घण्टा लोडसेडिङ गराउँदैछन् । अव कुनै चिज सहज पाउने अवस्था हुनेछैन । ” पोख्रेलले माथिका समस्या भएपनि कुनै चिन्ता नलिन आग्रह गर्दै नेकपा एमालेमा गोलवद्ध हुन आग्रह गर्नुभयो । एमाले सत्तामा पुगेपछि समस्या समाधान हुने उहाँको दावी थियो ।

    आगामी चुनाव नेकपा एमाले एक्लै लड्ने उहाँले बताउनुभएको छ । बाम एकता शब्द मिठो भएपनि त्यसका पात्रहरु गलत भएको भन्दै भइरहेको कम्युनिष्ट सरकार भत्काएर काँग्रेसलाई सत्ता सुम्पन जानेहरुसँग कुनै हालतमा एकता नहुने बताउनुभयो । उहाँले भन्नुभयो,“एकता भाँडेर काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसँग आग्रह गर्नेहरुसँग कसरी तालमेल गर्ने ? गठवन्धन कायमै छ अनि कसरी एमालेसँग एकता हुने सम्भव छ । त्यसैले गठवन्धन मात्रै होइन दर्ता भएका सवै दल एक भएपनि एमाले एक्लै चुनाव लड्छ । ”

    व्यक्तिगत स्वार्थलाई केन्द्रीत गर्नेहरु कम्युनिस्ट हुन नसक्ने बताउँदै व्यक्ति भन्दा पार्टी सदैव माथि राखेर राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । अहिले कम्युनिस्ट नेताहरुमा चुनावमा टिकट पाए राम्रो मान्ने अन्यथा दाम्लो चुडाएर अन्यत्र जान खोज्ने प्रवृत्ति विकसीत हुँदै गएको भन्दै त्यो रोक्नुपर्नेमा जोड दिनुभयो । जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरु रहेको भन्दै यो सच्चिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जागृतप्रसाद भेटवाल स्मृतिग्रन्थ विमोचन गरिएको थियो भने अन्य पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई पोखरेलले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.