चितवन । चितवनमा करेन्ट लागेर सडक सरसफाई गरिरहेका एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार तनहु देवघाट ५ बस्ने बर्ष ५५ का भिम बहादुर मगरको मृत्यु भएको हो ।
Advertisement
सडक विभागबाट खटिएका उनले भरतपुर महानगरपालिका १ आँपटारी स्थित तौलपुल नजिकै सडकको नाली सरसफाई गरिरहेका थिए । सो क्रममा चुडिएर नालीमा (भुईमा) लत्रिएको तारबाट एक्कासि करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी अधिकारीले बताउनुभयो ।
घटनापछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको र थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ।



