×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इप्रका रत्ननगरमा डिएसपी रेग्मीले सम्हाले जिम्मेवारी, रानाको विदाई


  •   आइतबार, चैत २०, २०७८
  • चितवन । प्रहरी नायव उपरीक्षक डिएसपी रविनवावु रेग्मीले ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनको जिम्मेवारी सम्हाल्नुभएको छ । डिएसपी ईन्द्रबहादुर रानाको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा भएपछि रेग्मीले यहाँ आइपुग्नुभएको हो । कार्यालयले आज स्वागत तथा फेरि भेटौँला कार्यक्रम गरी रेग्मीलाई स्वागत र रानालाई विदाई गरेको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै विदाई भएर जानुभएका डिएसपी रानाले आफ्नो १३ महिने कार्यकाल सुखद र सफल रहेको बताउनुभयो । स्थानीय, नागरिक समाज, राजनीतिक दल लगायत सवैको सहयोगले पर्यटकीय क्षेत्र सौराहा समेत रहेको ठाउँमा शान्ति सुरक्षा बलियो बनाउन सकेको उहाँको भनाई थियो ।

    साथै अवैध धन्दा चलाउनेहरुलाई कडाई गर्दै १३ महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन् ओसारपोसार गर्ने १३६ सवारी नियन्त्रणमा लिएर २३ लाख ७० हजार जरिवानाबाट राजश्व संकलन भएको रानाको भनाई थियो । लागु औषध नियन्त्रणतर्फ गाजा २५ किलो चरेश १४५ किलो, नाईट्राजेपाम १५०० क्याप्सुल, नाईट्रोभेट– १८०० ट्याबलेट, नोर्फित २२० एम्पुल, फेनारगन–२२० एम्पुल र डाईजेपाम २२० एम्पुल बरामद गरी लागु औषध सेवन तथा ओसार पसार कारोवारलाई नियन्त्रण गर्नुको साथै ९०० ट्यावलेट ट्रामाडोल नियन्त्रणमा लिई औषधी व्यवस्था विभागमा पठाईएको उहाँको भनाई छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, मानव बेचबिखन गरी जम्मा ५ वटा मुद्दाहरुको सफल अनुसन्धान गरी प्रतिवादीहरु फेला पारी कानुनी दायरामा ल्याउन सफल भएको र जघन्य तथा गम्भिर मुद्दामा अदालतबाट सजाँय तोकिएको र फरार भएका ४७ जना (जम्मा कैद सजाय २८ वर्ष ७ महिना २८ दिन, जम्मा जरिवाना १९.६८,८३०/– ) फरार अपराधीहरु पक्राउ गरि फैसला कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको रानाको भनाई थियो । गुण्डागर्दी नियन्त्रणतर्फ बिभिन्न मिति र समयमा समाजमा अराजकता फैलाई गुण्डागर्दी गर्ने २० जना मानिसहरुलाई पक्राउ गरी १३ वटा अभद्र मुद्दा तथा ज्यान मार्ने उधोग मुद्दा चलाई गुण्डागर्दी नियन्त्रण गरिएको रानाले बताउनुभयो ।

    ०७७ साल फागुन १९ गतेदेखि आफूले रत्ननगरको जिम्मेवारीमा रहेर १३ महिना व्यतित गरेको उहाँको भनाई छ । आफ्नो कार्यप्रगति प्रस्तुत गर्दै रानाले बढ्दै गएको जनसंख्यालाई मध्यनजर गरी दैनिक सेवाप्रवाहलाई सरल गराउन ट्राफिक कार्यालय निर्माण, थुनुवालाई सहजहुनेगरी भित्रै क्यान्टिनको सुविधा, नयाँ ब्यारेक निर्माण गर्नुका साथै ९० थान म्याट्रेस वितरण गरेको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय बाग्लुङ सरुवा हुनुभएको उहाँले गुण्डागर्दी नियन्त्रण, लागुऔषध र काठ चोरी निकाशी नियन्त्रण तथा हाइवे र मुख्य ब्यापारिक स्थानमा हुने दुर्घटना न्यूनिकरण र चोरीका घटना हुन नदिन २६ वटा सीसीटिभी जडान गरेको जानकारी दिनुभयो । त्यस्तै अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ जुवा कौडा खेल्नेहरु, चोरी गर्ने, ठगी गर्ने , वडाअध्यक्षलाई कालोमोसो दल्नेहरुलाई पक्राउ गर्ने लगायतका कार्य गरेर संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको रानाको भनाई छ ।

    आफ्नो कार्यकालभर रत्ननगर ११ बाट भारततर्फ बेखबिखन गर्न लगिएको युवती उद्दारको गर्न सफल घटनाले अझ बढी जिम्मेवारी थपिएको रानाको भनाई थियो । अतिनै संवेदनशील घटनालाई पनि सफलतापूर्वक उद्दार गर्न सहयोग गर्ने मातहत सवै कर्मचारी, विभिन्न सहयोगी पक्षलाई धन्यवाद दिँदै भौतिक रुपमा टाढा रहेपनि सदैव साथ सहयोग पाउने आशा व्यक्त गर्नुभयो । साथै जिम्मेवारी सम्हाल्न आउनुभएका डिएसपी रविनवावु रेग्मीलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।प्रहरी नायव उपरीक्षक राना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत समेत हुनुभएको थियो ।

    सरुवा भएर रत्ननगर आउनुभएका डिएसपी रविनबावु रेग्मीलाई स्वागत गरिएको छ भने रानालाई विदाई गरिएको हो । जिम्मेवारी सम्हाल्दै डिएसपी रेग्मीले रत्ननगरको शान्ति सुरक्षा कायम राख्न सवैसँग सल्लाह गरेर काम गर्ने बताउनुभयो । सकेसम्म प्रहरी कार्यालय आउन नपर्ने वातावरण वनाउने र आइहाल्नुपरे सहजै सेवा पाउनेगरी व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

    दुवैजनालाई स्थानीय,समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, युवाहरु तथा मातहतका कर्मचारीहरुले स्वागत र विदाई गर्दै शुभकामना दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.