×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाल नेत्रज्योति संघ चितवनको २२ औँ साधारण सभा सम्पन्न


  •   शनिबार, चैत १९, २०७८
  • चितवन। चितवनले मात्रै चार वटा आँखा अस्पताल संचालन गरेको नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा आज सम्पन्न भएको छ। भरतपुरमा सम्पन्न साधारण सभामा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गरिएको छ ।
    नेपालमा आँखा स्वास्थ्य सेवा प्रदायक संस्था नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल सञ्चालन गरेको छ । जसमध्ये चितवन शाखाले चार वटा अस्पताल सञ्चालन गर्दै आएको हो ।

    Advertisement

    साधारण सभामा बोल्दै प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रा।डा। चेतराज पन्तले हाल देशमा रहेका ५६ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुको शुरुवात यसै आँखा अस्पतालबाट भएको बताउँदै युएसएआईडीले सञ्चालन गरेको भिटामिन ए कार्यक्रमबाट महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा अघि बढेको जानकारी दिनुभयो । तत्कालिन अवस्थामा समाजमा रहेका अग्रणी महिलालाई परिचालन गरी बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमबाट महिला स्वयंसेविकाहरुको प्रचलन थालिएको बताउँदै भन्नुभयो “महिला स्वयंसेविका यसै जिल्लाबाट शुरुवात भएको हो ।” संघको चितवन शाखाले देशमै उत्कृष्ट अस्पताल संचालन गरेको भन्दै अझै राम्रो गर्न सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो “संघले भरतपुर आँखा अस्पताल र यसका सञ्जाल मार्फत् उत्कृष्ट सेवा दिंदै आएको छ । सेवालाई अझै स्तरीय र विस्तार गर्दै अघि बढ्नुहोस् ।” कार्यक्रममा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले आफू स्वयंले यसै अस्पतालमा दुवै आँखा शल्यक्रिया गरेको स्मरण गराउँदै यो अस्पताल प्रदेशकै नमूना अस्पतालको रुपमा विकास भएको बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले अस्पतामा विशिष्टकृत सेवा लिन देशभरबाट मात्रै नभई भारतका विभिन्न ठाउँहरुबाट समेत आउने गरेको र अस्पताल प्रदेश सरकारको गहना भएको बताउनुभयो ।

    कार्यक्रममा नेत्रज्योति संघ बागमती प्रदेश समितिका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आएको विदेशी दातृ संस्था सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर रामप्रसाद कँडेल, संघका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्का, सहसचिव केशव अधिकारी, लायन्स क्लबस् ईन्टरनेशनल ३२५ आरका इलेक्ट गभर्नर सिद्धार्थलाल चुके लगायतले शुभकामना दिनुभएको थियो ।

    संघका अध्यक्ष कृष्णलाल धरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन पारित भएको छ । संघले संचालन गरेको भरतपुर आँखा अस्पताल अन्तर्गत तीन प्रदेशका ६ जिल्लामा आँखा उपचार सेवा संचालन हुँदै आएको छ । भरतपुर आँखा अस्पताल अन्तर्गत चार वटा अस्पताल र १३ वटा आँखा उपचार केन्द्र रहेका छन् । अस्पतालका प्रशासक दयाशंकर चौधरीले अस्पताल सञ्जालमार्फत् नेपाल र भारतका गरी वार्षिक १ लाख ५० हजार भन्दा बढीलाई सेवा दिंदै आएको छ । सेवा फाउण्डेशन, लायन्स क्लबहरु लगायतका सामाजिक संस्थाहरु, स्थानीय दानवीरहरुको, सरकारी निकायको सहयोगमा अस्पताल संचालन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.