×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर ७ मा ‘कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो’ संचालनमा


  •   शनिबार, चैत १९, २०७८
  • चितवन । मनोरञ्जन सहित आत्मरक्षा सिकाउनेगरी भरतपुर ७ कृष्णपुरमा ‘कृष्णपुर तेक्वान्दो डोजाङ तथा बीग डान्स स्टुडियो’ संचालनमा आएको छ । भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले आज उद्घाटन गर्दै स–सना वालवालिका देखि प्रतिस्पर्धामा रहने खेलाडीहरुले समेत निरन्तर अभ्यास गर्न सक्ने बताउनुभयो ।

    Advertisement

    बाहिर पर्याप्त संरचना नहुँदा तेक्वान्दो खेलमा अभ्यास गर्न अभाव भइरहेको र अहिले संचालनमा आएको ठाउँमा दक्ष प्रशिक्षकहरुले तालिम दिने बताउनुभयो । निजी रुपमा संचालित भएपनि यसले समाजका महिला पुरुषलाई तेक्वान्दोमा लाग्न प्रेरित गर्ने र नृत्य समेत सिक्न पाइने भएकाले बहुमुखी प्रतिभाको प्रष्फुटन सँगै थप सीप सिक्ने अवसर मिल्ने बताउनुभयो । निजी रुपमा संचालनमा आएपनि यो समाजको चासो र महत्व रहने भएकाले आफ्ना वालवालिकालाई खेलप्रति रुचि जगाउन अभिभावकहरुलाई उहाँको आग्रह थियो ।


    विशिष्ट अतिथि वडानम्वर ७ की वडा सदस्य रिता दर्जीले भरतपुर ७ मा खेलक्षेत्रको विकास राम्रो भएको बताउनुभयो । अहिले संचालनमा आएको तेक्वान्दो डोजाङमा थप सीप हासिल गरेर राष्ट्रमा अवसर पाउने सम्भावना रहेको भन्दै अभिभावकहरुलाई वालवालिकाको इच्छा अनुसार खेलमा सहभागीता गराउन अनुरोध गर्नुभयो ।

    २०५७/०५८ मै थर्डडन ब्ल्याक बेल्टको सर्टिफिकेट प्राप्त गर्न सफल नीता श्रेष्ठ यो स्टुडियोको संचालिका हुनुहुन्छ । महिलाद्वारा संचालित तेक्वान्दो सम्बन्धि प्रशिक्षण दिने यो नै पहिलो रहेको श्रेष्ठको दाबी छ । उहाँका अनुसार विहान डान्स सहितको जुम्बा कक्षा र बेलुकी पाँच बजेदेखि तेक्वान्दो कक्षा हुनेछ । गरिव परिवारका खेलप्रति इच्छुक महिला पुरुषलाई निःशुल्क समेत तालिम दिइरहेको भन्दै नाफा कमाउन नभई अझ बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिन कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो जुम्बा हाउस संचालनमा ल्याएको बताउनुभयो । मार्सल आर्ट सिकाइने उक्त स्टुडियो १२ धुर क्षेत्रफलमा करिव २४ लाखको लागतमा सुविधासम्पन्न छ । आफू समेत यसै खेलको खेलाडि भएको र यसैको माध्यमबाट सरकारी सेवामा समेत प्रवेश गर्ने अवसर पाएको बताउनुभयो ।

    यो खेलले आत्मरक्षा र आत्मविश्वास बढाउन ठूलो मद्दत मिल्ने भएकाले आफ्ना बालवालिका पठाएर सहयोग गर्न उहाँको आह्वान छ । अझ बढी महिलाहरुलाई जोड दिएको र आत्मरक्षाको ज्ञान सिकेर आफूलाई सक्षम गराउन उहाँको आह्वान छ ।

    २०३९सालमा जन्मिनुभएको श्रेष्ठलाई तेक्वान्दोमा लाग्न दुई जना दाई कृष्ण र भक्तवीर श्रेष्ठ र बुवाको राम्रो सहयोग रह्यो । तत्कालिन अवस्थामा मार्सल आर्ट खेलेका व्यक्तिहरुलाई माओवादीले लैजान्छ भन्ने डर र समाजले हेर्ने दृष्टिकोण नकरात्मक हुँदाहुँदैपनि तेक्वान्दोमा लाग्नुभएको थियो । अहिले त्यही सीप महिलाहरुलाई सिकाउन आतुर रहेको श्रेष्ठले बताउनुभयो ।

    खेलको सीप लिएपछि मेडल जित्नैपर्छ भन्ने नरहेको र तेक्वान्दोले व्यक्ति आफूलाई सुरक्षित राख्न ठूलो मद्धत मिल्ने उहाँको भनाई छ । संगीतको आनन्दमा सिकाइने भएकाले चाँडै र सजिलै सिक्न सकिने समेत उहाँको दावी छ ।

    तेक्वान्दोमै लाग्ने हो भने भविष्यपनि राम्रो भएको भन्दै स्वस्थ र सुरक्षाका लागि यो खेल सिक्न आउन आग्रह गर्नुभयो ।
    भर्ना हुन आउने वालवालिकाहरुलाई पोषाक सहित रु. २ हजार लिएर कक्षा प्रदान गरिएको श्रेष्ठले बताउनुभयो । कृष्णपुर खेलमैदान नजिकै संचालनमा आएको उक्त स्टुडियो उद्घाटनका अवसरमा मार्सल आर्टका विभिन्न कला प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, राष्ट्रिय तेक्वान्दो संघ चितवनका कोषाध्यक्ष बालद गुरुङ, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट नगर समितिका अध्यक्ष गोपाल परियार सहित अभिभावकहरुको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.