×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपालमै पहिलो शिखरखजुरावशैलीको हनुमान मन्दिर गैंडाकोटमा निर्माण, चैत २७ मा समुद्घाटन गरिने


  •   शनिबार, चैत १९, २०७८
  • गैंडाकोट । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका ९ थुम्सीमा नेपालमै पहिलो शिखरखजुरावशैलीको हनुमान मन्दिर निर्माण सम्पन्न भएको छ । मन्दिरको महायज्ञ महोत्सव सहित यही चैत २७ गते समुद्घाटन गरिने र बैशाख ३ गते मूर्तिप्राणप्रतिष्ठा गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

    Advertisement

    हनुमान मन्दिर समिति चक्रघाट महायज्ञ आयोजक मूल समिति प्रचारप्रसार उप समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर २ करोड ८५ लाख लागतमा नेपालमै पहिलो यो मन्दिर निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

    मन्दिरका अध्यक्ष टिकाराम सापकोटाले सुरुमा १ करोड ५ लाख अनुमान गरिएपनि निर्माण सम्पन्न हुंदा २ करोड ८५ लाख पुगेको र समुद्घाट हुँदासम्म ३ करोड पुग्ने बताउनुभयो । हनुमान जयन्तीको अवसर पारेर मन्दिरको १००८ स्वामी ज्ञानान्द सरस्वती महाराजले यही चैत २७ गते समुद्घाटन गर्ने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    चैत २७ देखि बैशाख ३ गतेसम्म साङ्ग विराट् ज्ञानमहायज्ञ महोत्सव २०७८ को समेत आयोजना गरिएको छ । अध्यक्ष सापकोटाले भन्नुभयो,“४८ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाई भएको यो शैलीको मन्दिर नेपालमै पहिलो र नमुना हो । त्यसमा पनि गण्डकी प्रदेशको त गहना हो । वरपर हरियाली जंङ्गगल, तल नारायणी नदी, अगाडि पूर्व पश्चिम राजमार्ग। धेरै धार्मिक पर्यटक आउने अपेक्षमा छौँ ।”

    मन्दिर निर्माण समितिका संयोजक ओम सापकोटाका अनुसार भारतको बनारसबाट इन्जिनियर मगाएर मन्दिरको डिजाइन गरिएको हो । सरकारी निकाय, विभिन्न संघ संगठन, चन्दादाता, धार्मिक अनुयायी,भक्तजन तथा देशविदेशमा रहेका नेपालीको सहयोगले निर्माण सम्भव भएको बताउनुभयो । मूर्तिप्राणप्रतिष्ठा सम्म अझै खर्च लाग्ने सापकोटाको भनाई छ ।


    महायज्ञ आयोजक मूल समितिका महासचिव पिताम्वर सापकोटाका अनुसार हनुमान मन्दिरमा दर्शन गर्न आउनेहरुलाई व्यवस्थापन गर्न अहिले गौडेल रेग्मी समाजद्वारा ५ कोठे धर्मशाला बनिरहेको छ । १०० जना क्षमताको धर्मशाला सँगै यसअघि २३ लाखमा चक्रघाटमा स्नानघाट,पिउने पानीको व्यवस्थापन साथै १३ लाखकको लागतमा स्नानगारसहितको व्यवस्थित शौचालय,विद्युत व्यवस्थापन,पार्कीङ्ग लगायतका काम सम्पन्न भइसकेका छन् ।

    अव पूर्णरुपमा दर्शन गर्न आउनेहरुलाई व्यवस्थापन गर्न सक्षम भएको भन्दै संरचना विकास र व्यवस्थापनका लागि काम गरिरहने उहाँहरुको भनाई थियो ।
    मन्दिरका संरक्षक पवन अग्रवालले अव १ करोडको अक्षयकोष स्थापना गर्न सुझाव दिनुभयो ।

    पूजारी राखेर नियमित पूजा गर्न आग्रह सहित सवै व्यवस्थापनका लागि मासिक १ लाख खर्च हुने अनुमान गरिएको छ । १ करोडको अक्षयकोष स्थापनाका लागि विराटनगरका उद्योगी सञ्जयकुमार अग्रवालले सो कोषका लागि १५ लाख रुपैयाँ दिने घोषणा गरिसक्नुभएको छ ।

    मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत गर्नुभएको कार्यक्रममा गैँडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा,प्रचारप्रसार उपसमितिका संयोजक ज्ञानप्रसाद खनाल लगायतको उपस्थिती थियो ।

    २०४२ बाट हनुमान जयन्तीमा वर्षेनी कार्यक्रम गर्दै आएपनि अहिले नमुना र ठूलो मन्दिर बनाएर व्यस्थित बनाइएको हो । अव सरकारले पनि विशेष बजेट सहित कार्यक्रम दिएर सहयोग गर्नुपर्नेमा वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाको जोड थियो । मन्दिरको प्रचारप्रसार गरेर अत्याधिक पर्यटक भित्राउन सवैलाई प्रचारप्रसार उपसमितिका संयोजक ज्ञानप्रसाद खनालले आह्वान गर्नुभयो ।

    महायज्ञका विशेष कार्यक्रमहरू :
    २०७८ चैत्र २७ गते रामनवमीका दिन बिहान ८ बजेबाट शान्तिकलश शोभायात्रा
    २०७८ चैत्र २७ गते रामनवमीका दिन बिहान १२ः१५ बजे संस्थाका प्रधानसंरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूका करकमलबाट नवनिर्मित श्रीहनुमान मन्दिरको समुद्घाटन तथा दाताशिलापट अनावरण,
    २०७८ चैत्र २८ गते दिवा १ः३० बजे मूर्ति जलाधिवास तथा श्रीचक्रघाटस्थित स्नानघाटको समुद्घाटन
    २०७८ चैत्र २९ गते मूर्ति अन्नाधिवास
    २०७८ चैत्र ३० गते मूर्ति घृताधिवास तथा शर्कराधिवास

    २०७९ बैशाख १ गते पुष्पाधिवास तथा, लक्ष्यदीप प्रज्वलन
    २०७९ वैशाख २ गते १११ कलशद्वारा मूर्ति तथा गजुर स्नान, मूर्ति शैयाधिवास
    २०७९ वैशाख ३ गते श्रीहनुमानजयन्तीका पावन अवसरमा श्रीहनुमानजीको मूर्तिप्राणप्रतिष्ठा तथा नामकरण संस्कार
    २०७९ वैशाख ३ गते संस्थाका संरक्षक श्री पवनकुमार ÷ सुमन अग्रवालज्यूको मुख्य कर्तृत्वमा श्रीहनुमानजीको विशेष पूजा, महायज्ञ पूर्णाहुति, महाप्रसाद वितरण र समापन समारोह
    २०७८ चैत्र २७ देखि २०७९ बैशाख ३ गतेसम्म प्रतिदिन नियमित यज्ञानुष्ठान, कथाप्रवचन, भजनसङ्कीर्तन र दातृसम्मान

    दैनिक कार्यक्रमहरू :

    प्रातः ५ः०० देखि ६ः०० सम्म देवजागरण र नित्यपूजन
    प्रातः ६ः०० देखि ७०० सम्म विशेष पूजाआराधना
    प्रातः ७ः०० देखि ७०० सम्म जलपान
    प्रातः ७ः३० देखि ११ः३० सम्म पाठपारायण र विभिन्न अनुष्ठानहरू
    मध्याह्न ११ः३० देखि १२ः३० सम्म मध्याहन विश्राम र फलाहार
    मध्याह्न १२ः३० देखि १ः३० सम्म दातासम्मान कार्यक्रम
    मध्याहून १ः३० देखि ४ः०० सम्म कथाप्रवचन
    अपराहन ४ः०० देखि ४ः३० सम्म दातासम्मान कार्यक्रम
    अपराह्न ४ः३० देखि ५ः३० सम्म आरती, पुष्पाञ्जलि र प्रसाद वितरण
    अपराह्न ५ः३० देखि सायं ६ः३० सम्म सायंकालीन पूजा
    सायं ६ः३० देखि ८ः०० सम्म भोजनग्रहण
    सायं ८ः०० देखि ९ः०० सम्म भक्तिसङ्गीत
    रात्री ९ः०० बजे देवशयन

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.