गैँडाकोट । स्थानीय निर्वाचन २०७९ मा उम्मेदवार छनौट गर्न मापदण्ड बनाएको छ । उम्मेदवार छनौटका लागि मापदण्ड गराउँदै एक पटक जनप्रतिनिधि भइसकेका व्यक्तिहरुलाई सकभर नदोहोर्याउने गरी काम भइरहेको पार्टीले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्षले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने उल्लेख छ।
सार्वजनिक मापदण्डमा विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने, देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको, विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने, पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने रहेका छन् ।
यी मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस हुनुपर्ने सर्कुलर जारी गरिएको छ ।



