×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर मेयर कपको उपाधि मकवानपुरलाई


  •   शनिबार, चैत १९, २०७८
  • चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।
    रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा (बिहीबार) भएको फाइनल खेलमा नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । उपाधिसंगै मकवानपुरले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।
    उपविजेतामा चित्त बुझाएको नवलपुरले २० हजार र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल र विशिष्ट अतिथि खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
    टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ४० ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । उसका लागि विशाल फुयाँलले ६९, सुव कशंकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए ।
    नवलपुरका लागि कमल परियारले १० ओभरमा ४९ रन खर्चिदै ६ विकेट लिए । विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले एक÷एक विकेट लिए ।
    २२६ रनको लक्ष्य पछ्याएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । सुभम खरेलले १३ र दिपक डुम्रेले ११ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् ।
    नवलपुरलाई सस्तैमा समेट्न रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले एक÷एक विकेट लिए ।
    खेलको प्लेयर अफ दि म्याच मकवानपुरका रिजन ढकाल भए । यस्तै चार दिनसम्म चलेको प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका रिजन ढकाल भए । उनले ट्रफी र मेडल प्राप्त गरे । मकवानपुरकै सुव कंशकार उत्कृष्ट व्याटर र नवलपुरका कमल परियार उत्कृष्ट घोषित भए । उनीहरु दुवैले नगद र ट्रफी प्राप्त गरे ।
    कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले भरतपुर महानगरपालिकालाई खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताउनुभयो । स्थानीय खेलाडीको स्तरवृद्धिका लागि यसखालको प्रतियोगिता आवश्यक रहेको भन्दै आगामि दिनमा क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न महानगर सहयोगी भूमिका खेल्ने बताउनुभयो । उहाँले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघि बढाउन महानगर लागि परेको भन्दै छिट्टै बाँकी निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।
    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले मन्तव्य व्यक्त राख्नुभएको थियो ।
    समापन समारोहमा सहयोग संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । चैत १४ गतेदेखि सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभएको थियो ।
    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भएको एकदिवसीय प्रतियोगितामा मकवानपुर, चितवन र नवलपुरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा चितवन लगातार दुई खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो भने मकवानपुर अपराजित र नवलपुर एक खेलमा जित निकाल्दै फाइनल पुगेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.