×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर मेयर कप क्रिकेट : उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने


  •   बुधबार, चैत १६, २०७८
  • चितवन । चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । आज (बुधबार) भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

    Advertisement

    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाए भने स्वप्निल अधिकारीले ३४ रन बनाए ।

    मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २/२ विकेट लिए भने शुब कंशकारले एक विकेट लिए ।

    खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दि म्याच चुनिए । उनलाई उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले नगद र उपहार प्रदान गरेका थिए ।

    यसअघि टस हारेर पहिले व्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । उसका लागि शुब कंशकारले ४१, विशाल फुयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाए ।

    चितवनका लागि गौतम केसीले ३, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २÷२ विकेट लिए भने दिपेश श्रेष्ठले एक विकेट लिए ।

    यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसंग पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल भोलि विहान ९ बजे हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.