×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

गुरुङ सरकारले काम नगर्दा त्रिवेणी दुम्कीबास सडक निर्माणमा ढिलाइ : मुख्यमन्त्री पोखरेल


  •   बुधबार, चैत १६, २०७८
  • चितवन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले काम नगर्दा त्रिवेणी दुम्कीवास सडक निर्माणमा ढिलाई भएको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले प्रतिपक्षमा आवाज उठाउँदा काम भइरहेको छ भनेर अघिल्लो सरकारले झुट बोलेको र गठवन्धन सरकार बन्नासाथ फाइल अगाडि बढाएको बताउनुभयो ।

    Advertisement

    यसअघिको सरकारले चार वर्षसम्म पनि कुनै पहल नगर्दा त्रिवेणीका जनता अर्को प्रदेश भएर आफ्नो जिल्ला आउन वाध्यत भएको पोखरेलको भनाई थियो । “ सरकार सम्हालेर प्रगति हेर्दा अघिल्लो सरकारबाट कुनै पहल नै नभएको पाएँ, गठवन्धन सरकार बनेपछि अहिले डेडगाउँ झ्यालवास सडक ठेक्कामा गइसकेको छ । रोकिएको स्थानमा पनि चाँडै काम सुरु हुनेगरी पहल भइरहेको छ ।”

    उहाँले प्रदेशकै लाइफलाइन मानिएको कोरला त्रिवेणी सडकखण्डको रोकिएका ठाउँमा समेत काम सुरु गर्ने पहल भइरहेको दाबी गर्नुभयो । निकुञ्जका कारण रोकिएको स्थानमा काम गर्न केन्द्रका मन्त्रालयसँग सहमति भइसकेको बताउनुभएको हो ।

    साथै उहाँले प्रदेशसरकारसँग पर्याप्त साधन र स्रोत नभएको भन्दै नारायणी तटवन्ध प्रभावकारी हुन नसकेको बताउनुभयो । नारायणीले गर्ने कटान चितवन नवलपुरका लागि मुख्य समस्या भएको तर तटवन्धका लागि पर्याप्त साधन स्रोत अभाव रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो,“प्रदेशको पहिलो प्राथमिकतामा छ तर साधन स्रोत नहुँदा केन्द्रकै भरमा छौँ । काम त भइरहेको छ तर जति हुनुपर्ने हो त्यो हुन सकेको छैन।”
    नवलपुरका लागि अझ ठूलो समस्या रहेको तर ठूलो परियोजना समेत भएकाले तटवन्धका लागि केन्द्र सरकारकै भरमा बस्नुपरेको उहाँको भनाई थियो ।

    अहिले डिपिआर नै बनाएर नारायणी तटबन्धका लागि केन्द्र सरकारले बजेट समेत दिएको बताउँदै प्रदेशबाट सक्ने बजेट निरन्तर पठाएर नारायणीबाट हुने क्षती रोक्न काम भइरहेको पोखरेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.