×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको मेयरमा माओवादीको दावी ,भोलि निर्णय हुन्छ : प्रचण्ड


  •   बुधबार, चैत १६, २०७८
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दावी रहेको बताउनुभएको छ ।

    Advertisement

    चुनावमा गठवन्धन हुने पक्का भएको भन्दै भरतपुरको मेयरमा आफ्नो पार्टीको दावी कायम रहेको उहाँको भनाई थियो । आज भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसको कार्यसमिति बैठकले गठवन्धन गर्ने निर्णयसँगै अव कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताउनुभयो । प्रचण्डले भन्नुभयो,“महानगर र उपमहानगर हामी माथिबाटै टुंग्याउने सल्लाह छ । भोलि गठवन्धनको बैठक बसेर सम्भवत निर्णय गर्छौँ । ”

    महानगर र उपमहागरमा गठवन्धन बसेर छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाई थियो । गठवन्धनको भोलि बैठक बस्ने र यसवारे निर्णय हुने बताउँदै चुनावतर्फ सवै राजनीतिक दल लागिसकेकाले चुनाव नहुने भन्ने प्रश्ननै नरहेको प्रष्ट पार्नुभयो ।

    निर्वाचन हुने सुनिश्चत भएको र नेकपा माओवादी केन्द्र पनि यसको तयारीमा जुटिसकेको बताउँदै अन्य पार्टीहरुपनि आआफ्नो तरिकाले चुनावका लागि जुटेको बताउनुभयो ।

    नेकपा माओवादी केन्द्र पार्टीकै निर्णय अनुसार गठवन्धन हुन लागेको बताउँदै आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल गर्ने भएकाले सो निर्णय हुने प्रचण्डको भनाई छ ।

    उर्जामन्त्री पम्फा भुषाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित प्रचण्ड चितवन आउनुभएको हो । उहाँ आज राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशनको उद्घाटन गर्ने, भरतपुर महानगरमा नारायणी तटबन्ध र पश्चिमतर्फको रिङरोड खण्ड शिलान्यस गर्ने र भरतपुर २२ धनौजीमा कभर्डहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.