चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको तल्लो काउलेमा पहिलो पटक बिजुली पुगेको छ । आज गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंह र धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बत्ती बालेर सो आयोजनाको उद्घाटन गरेका हुन् ।
Advertisement
सो आयोजनाबाट पहिलो चरणमा १२० घर लाभान्वित हुने वितरण केन्द्रका प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ एउटा वार्डमा पहिलो पटक बत्ती बले पनि क्रमश गाउँपालिकाको अन्य वडामा पनि असार मसान्तसम्म बत्ती पु¥याउने योजना छ । असार मसान्तसम्म काउले क्षेत्रको सबैतिर बत्ती बल्नेछ ।’
उहाँले अढाइ वर्ष अगाडिदेखि सुरु भएको काम बिगत तीन महिनामा रफ्तारमा गरेर बत्ती बाल्न सम्भव भएको जानकारी दिनुभयो ।



