भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त निजी प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ।
Advertisement
स्थानीय तहको निर्वाचन २०७९ नजिक आइसकेको र यसलाई भयरहित, शान्तिपूर्ण , निष्पक्ष र भरपर्दो बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन सूचना जारी गरेर आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यलका प्रमुख अस्मान तामाङले जारी गरेको सूचनामा चैत मसान्त भित्रमा अनिवार्य रुपमा नजिकको प्रहरी इकाइमा आफु संग भएका हतियार बुझाउन भनिएको छ। निर्वाचन पश्चात हतियार पुनः फिर्ता गरिने प्रशासनले जनाएको छ।