गैँडाकोट । स्थानीय चुनाव २०७९ आउँदैगर्दा नेकपा एमालेले संगठन बलियो गराउन सक्रिय भएको छ । गैँडाकोट नगरपालिकाको विभिन्न ठाउँमा कार्यक्रम गरी अन्य पार्टीमा रहेकाहरुलाई एमालेमा आवद्ध गराउन सक्रिय भएको हो ।
युवा संघ जिल्ला अध्यक्ष कृष्ण कडेँलले अन्य पार्टीबाट देशको विकास र समृद्धि हुने अवस्था नआएपछि धेरै नेकपा एमाले प्रवेश गर्नेहरु बढेको बताउनुभयो । एमाले संगठन बलियो र जनतालाई दिने सेवा, संरक्षण र सम्मानले नेकपा एमालेमा जनलहर बढेको बताउनुभयो ।
उहाँका अनुसार आज मात्रै गैँडाकोट नगरपालिका वडानम्वर ३ बाट काँग्रेस र माओवादी परित्याग गरेर १५० जना बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले केन्द्रिय सदस्य एवम् क्षेत्रनम्वर २ का सांसद तिलक महत,रबिन्द्र अधिकारी,गण्डकी प्रदेश साँम्सद रोशन गाहा मगर, गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल लगाएतले उहाँहरुलाई स्वागत गर्नुभएको कडेँलले घटनाचक्रलाई बताउनुभयो ।