×
शुक्रबार, जेठ २२, २०८३
☰
शुक्रबार, जेठ २२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर मेयर कप क्रिकेट सुरु, नवलपुरको विजयी सुरुवात


  •   सोमबार, चैत १४, २०७८
  • चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

    Advertisement

    प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताउनुभयो । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उहाँको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

    चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो ।

    यसैबीच प्रतियोगितामा नवलपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले पराजित गर्दै नवलपुरले विजयी सुरुवात गरेको हो ।
    चितवनले दिएको १८९ रनको लक्ष्य पछ्याएको नवलपुर २८.५ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएर जित हात पा¥यो । नवलपुरको जितमा सुभम खरेलले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बलमा ६१ रन बनाएका खरेल प्लेयर अफ दि म्याच घोषित भए । यस्तै रोबिन तिमिल्सिनाले ४२, दीपक डुम्रेले २४, विदुर पुनले २० रन बनाए ।
    चितवनका लागि बाबुराम भट्टराई कृजन गुरुङले २÷२ विकेट लिए भने दिपेश श्रेष्ठ र डानिस इकबालले समान एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवनले ४५.५ ओभरमा १८८ रन बनाउँदै अलआउट भएको थियो । चितवनका लागि स्वप्नील अधिकारीले ४२, साकार ढकालले ४० र हेमराज पौडेलले २० रन बनाए ।
    नवलपुरका लागि किशोर महतो, अबिनास सापकोटा, विशाल पौडेल र रिजन काफ्लेले समान २÷२ विकेट लिए भने शिशिर भुषाल र कमल परियारले एक÷एक विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.