डोलराज रानाभाट । स्थानीय तहको निर्वाचन २०७९ का लागि तनहुँको ऋषिङ गाउँपालिकामा पनि अन्तिम मतदाता संख्याको विवरण सार्वजनिक भएको छ।
Advertisement
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार १८ हजार २ सय ३८ मतदाताले भोट हाल्न पाउने भएका छन् । जसमा ८ हजार ९५१ जना पुरुष र ९ हजार २८७ जना महिला रहेका छन् । गाउँपालिकाभर १३ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
१० वटा स्थानीय तह रहेको जिल्लामा सवैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा रहेका छन् । जहाँ ४७ हजार ५४२ जना छन् । तनहुँ जिल्लाको मुख्य निर्वाचन अधिकृतमा व्यास नगरपालिकामा कार्यक्षेत्र रहनेगरी जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानालाई तोकिएको छ । ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उप-सचिव राजेन्द्र न्यौपानेलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।