डोलराज रानाभाट, गैँडाकोट । स्थानीय तहको निर्वाचन २०७९ का लागि नवलपुरमा करिव २ लाख ५७ हजार मतदाता र करिव ३०१ मतदान केन्द्र हुने अनुमान गरिएको छ । निर्वाचन अयोगले अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरिरहदा जिल्लामा यो अनुमान गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार यो संख्या थपघट हुनेछ । ११३ मतदानस्थल र २५८ मदानकेन्द्र रहेकोमा नवलपुरमा अहिले मतदाता थपिएपछि ३०१ मतदान केन्द्र पुग्ने अनुमान गरिएको छ । प्रत्येक मतदान केन्द्रमा एक हजार मतदाता हुनेछन् ।

सुरक्षानिकाय बाहेक जिल्लामा निर्वाचनका लागि २५ सय ५ जना कर्मचारी आवश्यक पर्ने अनुमान गरेर सरकारी कार्यालयहरुसँग कर्मचारी उपलब्ध हुन सक्ने नसक्नेवारे तथ्याङ्क माग गरिएको छ ।
प्रत्येक मतदानस्थलमा एक जना मतदात अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच सय बढी मतदाता भएका क्षेत्रमा दुई सहायक कर्मचारी र पाँच सय कम मतदाता भएका ठाउँमा एक जना सहायक कर्मचारी, एक जना सहायकस्तरको सहयोगी कर्मचारी र तीन जना स्वयम्सेवकको दरले ८ जना र पाँच सय कम मतदाता भएको ठाउँमा ७ जना कर्मचारी खटाउने तयारी छ ।
जिल्ला निर्वाचन कार्यालयले फागुन १९ गतेनै जिल्लाका सवै वडामा मतदाता नामावली प्रकाशन गरेर त्रुटी सच्याउने अवसर दिइएको थियो । जसमा नामथर,नागरिकता नम्वर , पति पत्नीको बाबुआमाको नाम सच्याउने काम फागु्न २० देखि २३ सम्म गरिएको थियो । झुठा विवरण दिएर नाम दर्ता गराउनेहरुविरुद्ध उजुरी दिने कार्य समेत सोही मितिमा सकिएको थियो । दोहोरो नाम परेको भए फागुन २२ सम्म, उजुरी परेकोमा सम्वन्धीत मतदताले प्रमाण सहित पेश गरे सफाइको मौका दिने काम फागुन २४ गतेसम्म भएको थियो ।
फागुन २५ गते जिल्ला निर्वाचन कार्यालय नवलपुरमा नामावली प्रकाशन गरेर २६ गते निर्वाचन आयोगमा पठाइएको थियो । जिल्लाका स्थानीय तहमा मृत्यु भएकाहरुको विवरण समेत माग गरेर आयोगमा पठाइएको उहाँले बताउनुभयो ।



