×
शनिबार, कार्तिक ०८, २०८३
☰
शनिबार, कार्तिक ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

क्रिक्रेटर पारस खड्का भन्छन् : विदेश अध्ययनपछि स्वदेश फर्कीएर राम्रो गर्नुहोस्


  •   आइतबार, चैत १३, २०७८
  • चितवन । क्रिक्रेटर पारस खड्काले विदेश अध्ययन सकाएर आफ्नै देशमा आइ राम्रो काम गर्न आह्वान गर्नुभएको छ । उहाँले भविष्य उज्जवल गराउन विदेश जाने गरेपनि ती देशहरुमा हासिल गरेका ज्ञान सीप आफ्नै देशमा प्रयोग गर्न भन्नुभएको हो । खड्काले भन्नुभयो,“विदेशमा हुँदापनि नेपालको माया नभएको भन्ने होइन । यो भ्रम हो । विदेश भएपनि रेमिट्यान्स मार्फत त्यतिनै सहयोग छ ।”

    Advertisement

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ एवं मिट एण्ड ग्रीट वीथ पारस खड्का कार्यक्रममा विद्यार्थीहरुलाई सम्वोधन गर्दै उहाँले विदेश जाने नजाने विद्यार्थीको स्वःइच्छा भएको तर एक्सपर्टले अष्ट्रिेलिया सहितका देशमा सुरक्षित र भरपर्दो माध्यमबाट अध्ययनका लागि पठाउने गरेको बताउनुभयो । धेरैले देशकै लागि क्रिक्रेट खेल्ने व्यक्ति एक्सपर्टमा आवद्ध किन भनेर प्रश्न आइरहने भन्दै उहाँले विद्यार्थीहरुलाई दुःख नदिएर अध्ययनका लागि सुरक्षित पठाउने भएकाले विश्वास गरेको बताउनुभयो ।

    एजुकेशन फेयरमा करिव २ हजार विद्यार्थी सहभागी भएका थिए । विगतका वर्षहरुमाझै यसवर्ष पनि विहान ११ बजेदेखि ४ बजेसम्म आफ्नै भवन एक्सपर्ट बेस क्याम्प, भरतपुर हाइट (होटल रोयल सेन्चुरीको पछाडी) कार्यक्रम भएको थियो ।


    संचालक डिल्लीराम अधिकारीका अनुसार विद्यार्थीहरुले आफूलाई इच्छा लागेका कलेजको बारेमा बुझ्न र विदेश अध्ययनका प्रकृया, आवश्यक शैक्षिक योग्यता आदिवारे खुलेर परामर्श लिएका छन् । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाबाट आउनु भएका एक्सपर्टका प्रतिनिधि र बैंकका प्रतिनिधिसंग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए ।

    जसका कारण ती देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा, चुनौति, अवसर र विदेश जाँदा लाग्ने खर्चको बारेमा जानकारी पाएका थिए ।
    कार्यक्रममा सहभागि सबै विद्यार्थीहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

    कोभिड महामारीको प्रकोप कम हुँदै गएपछि एक्सपर्ट लामो समयपछि वृहत रुपमा यस्तो कार्यक्रम आयोजना गरेको हो । नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाने मुख्य देशहरु अष्टे«लिया, क्यानडा, युके र अमेरिकाले अवलम्वन गरेका यात्रा प्रतिवन्धका नीतिहरु खुकुलो बनाएपछि एजुकेशन फेयर गरिएको निर्देशक अधिकारीले बताउनुभयो ।

    नेपालका प्रमुख शहरहरुलगायत विश्वका १३ देशका ४५ भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.