चितवन । कर्मचारी मिलन केन्द्र चितवनकाे अध्यक्षमा मणिभद्र न्याैपाने निर्विरोध निर्वाचित हुनुभएकाे छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक न्याैपानेकाे नेतृत्वमा एक वर्षको लागि नया कार्यसमिति चयन गरिएकाे हाे ।
जयश्री सामुदायिक वनकाे परिसरमा आज सम्पन्न वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रममा बिधान बमोजिम १ बर्षको कार्यकाल रहने गरि कार्यसमिति निर्बिरोध चयन गरिएको हाे ।
समितिकाे उपाध्यक्षमा राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका इन्दु राय यादव,सचिवमा तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी र काेषाध्यक्षमा लेखा अधिकृत शरद चन्द्र भट्टराई रहनुभएकाे छ ।
समितिकाे सदस्यहरुमा भरतपुर महानगरपालिकाकाे स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स रुपमति आले, आन्तरिक राजश्व कार्यालय चितवनका लेखपाल रविना खुवंशी, पूर्वाधार कार्यालयका विष्णुप्रसाद काफ्ले, माैरीपालन विकास कार्यक्रमका प्रमुख गोविन्द पाखरेल, नापी कार्यालयका नापी अधिकृत शालिकराम लम्साल, संघीय खानेपानी तथा सरसफाइका अमृत भण्डारी,भूमिगत जलस्रोतका देव कुमार स्थाम्बाे रहनुभएकाे छ।
बिधान अनुसार प्रमुख जिल्ला अधिकारी मिलन केन्द्रको संरक्षक रहने ब्यवस्था रहेको छ ।
कार्यवाहक अध्यक्ष इन्दु राय यादवको अध्यक्षतामा र मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सचीव यज्ञमूर्ति भण्डारीले सञ्चालन गर्नु भएकाे थियो ।
सबै कर्मचारीहरुको साझा चौतारी भएकाले नया कार्य समिति समावेशी रहेको बताईएकाे छ।
मिलन केन्द्रले नयाँ बर्षको अवसरमा क्यालेन्डर छाप्ने, कर्मचारीहरुको स्वागत बिदाइ , कार्यालय सरसफाइ ,निजामती सेवा दिवसको अवसरमा बृक्षरोपण जस्ता कार्यक्रम संचालन गर्दै आएकाे छ ।