×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माडीमा तीव्र विकास गर्न माडी भरतपुर सम्पर्क मञ्चको आग्रह


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । माडी भरतपुर सम्पर्क मञ्चले माडीको समग्र विकासमा सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चको १३ औँ वार्षिका साधरणसभामा बोल्दै अध्यक्ष गणेश गुरुङले वन्यजन्तुको आक्रमणबाट माडीबासीलाई जोगाउन उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । वन्यजन्तुका कारण हुने मानव तथा खाद्याबालीमा पुग्ने क्षती रोकथामका लागि दीर्घकालिन योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    Advertisement

    उहाँले माडीमा रहेका दजनौँ खोलाका कारण खेतीयोग्य जमिन कटान तथा डुबानको समस्या हल गर्न व्यवस्थित तटबन्धन गरिनुपर्ने बताउनुभयो । जनप्रतिनिधि आएपछि माडीले विकासमा गती लिएको भएपनि अझै तीव्र विकास माडीले चाहेको बताउनुभयो । पछिल्लो ५ वर्षयता माडीमा सडक, पुल, खोला नियन्त्रणका कामहरु प्रशंसनीय भएको उहाँको भनाई छ ।

    संस्थापक अध्यक्ष शिवप्रसाद अधिकारीले माडीको विकासमा उपेक्षा हुन नदिन सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले माडीबाट अन्यत्र बसाईसरी गएकाहरुलाई फेरी माडीमै फर्किने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

    पूर्वअध्यक्ष सन्तलाल गुरुङले माडीलाई सुगम नगरका रुपमा विकास गर्न तीन तहका सरकार प्रतिवद्ध बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मञ्चका सल्लाहकार बालकृष्ण तिवारी, मितेरी कृषि सहकारी संस्था माडीका अध्यक्ष नारायणप्रसाद पौडेल, जिल्ला मेलमिलाप केन्द्रका दिवाकर भट्टराई, माडी रेडक्रसका भागीरथ बस्याल, मञ्चका उपाध्यक्ष शिवप्रसाद ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो । सचिवको प्रतिवेदन इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षको प्रतिवेदन दिवाकर ढकालले प्रस्तुत गर्नुभएको थियो । माडीबाट बसाईसरी भरतपुर आएकाहरुलाई एकिकृत गरी २०६२ सालमा मञ्च स्थापना गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.