चितवन । नेपाली काँग्रेसले आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फाल्गुण २९ गते देखि बिबिध कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ । यि कार्यक्रम हरु चैत्र २९ गते सम्म सञ्चालन हुनेछन् । यसै क्रममा चितवन जिल्लाका ७ वटा स्थानिय तहका ९८ वटा वडामा पनि गाँउ गाँउ जाँउ काग्रेस जिताउ अभियान आजबाट सुरु भएको छ ।
नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई क्रियाशिल गराउदै ९८ बडाका धेरै टोलहरुमा नेपाली काँग्रेसको टोल समिति गठन गरीसकेको छ । सोहि टोल समिति सँग सम्बन्वय गरी जिल्ला बाट खटिएका प्रतिनिधिहरुले बिबिध कार्यक्रम गर्ने नेपाली काँग्रेसका जिल्ला सचिब सूर्य अर्यालले जानकारी दिनुभएको छ । आवश्यकता अनुसार प्रतिनिधिहरु बैशाख ३० गतेको निर्वाचन सम्म सोहि स्थानमा रहनेछन् ।
स्थानीय तहमा खटिएका प्रतिनिधिहरुको उपस्थितीमा आज समिक्षा कार्यक्रम, प्रभात फेरी, पाटी प्रवेश लगायतका कार्यहरु सम्पन्न भएको छन । आजै रत्ननगर १२ शान्तिकुञ्जमा तुलादेबी लामिछानेको सभापतित्वमा महिलाहरु मात्र रहेको नेपाली काँग्रेस शान्तिकुञ्ज टोल समिति गठन भएको छ ।
नेपाली काँग्रेस चितवनले गत बिहिबार भरतपुरमा बृहत अभिमुखिकरण तथा प्रशिक्षण गरी ७ वटै तहमा खटिने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षित प्रतिनिधिहरुबाट कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिने नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभएको छ ।




