×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

साइबर अपराध र ठगी बाट बच्न गैँडाकोट इग्लिस स्कुलमा सचेतना कार्यक्रम सम्पन्न


  •   शनिबार, चैत १२, २०७८
  • गैँडाकोट । पछिल्लो समय जटिल वन्दै गइरहेको साइबर अपराध र यसबाट हुने सम्भावित क्षतीबाट बच्न गैँडाकोटमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि वडाअध्यक्ष ध्रुवराम पौडेलले उद्घाटन गर्नुभएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष पौडेलले विकसीत प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट विकृती समेत भइरहेकाले त्यसबाट बच्न यो कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । ससाना बालवालिका देखि प्रोढसम्मनै साइवर अपराध र त्यसबाट हुने ठगी बाट आक्रान्त भइरहदा यसरी दिइने सचेतना प्रभावकारी हुने र अन्य ठाउँमा पनि संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।


    एम्स् एब्रड स्टडी एजुकेशन र एकेडेमी अफ प्रोफेशनल एजुकेशन चितवनको सहयोगमा फोब्र्स साइबर एण्ड सेक्युरीटी अवारनेश क्लवले विद्यार्थी र अभिभावकहरुलाई सो सचेतना प्रदान गरेको हो ।

    कार्यक्रममा बोल्दै एम्स् एब्रड स्टडी एजुकेशनका संचालक कृष्ण कडेँलले विज्ञान प्रविधिको विकाससँगै चुनौति पनि थपिएको बताउनुभयो । आफ्नो संस्था व्यवसायिक भएपनि सामाजिक कार्यमा त्यतिनै सक्रिय रहेको उहाँको भनाई थियो । साइबर अपराध, बढ्दो इन्टरनेट प्रविधिबाट भएका विकृति र यसबाट बच्ने उपाय थाहा पाउन जरुरी भएकाले आफ्नो संस्थाले सहकार्य गरेर कार्यक्रम गरेको बताउनुभयो । बालवालिका देखि ठूलो उमेर समुहका मानिसहरु समेत यसबाट समस्यामा रहेका कारण कसरी प्रविधि, सामाजिक संञ्जालको सही प्रयोग गर्ने आदिवारे कार्यक्रममा जानकारी गराइएको थियो ।

    फोब्र्स साइबर एण्ड सेक्युरीटी अवारनेश क्लवका अध्यक्ष उत्सव ढकालले हरेक ठाउँका विद्यार्थी, बालवालिका, स्थानीय महिला संजालसम्म पुगेर साइबर सेक्युरीटी र यसबाट बच्ने उपायवारे जानकारी दिँदै गएको बताउनुभयो । सानो गल्तीले पनि जीवन क्षती हुनसक्ने र त्यस्ता हानीबाट बच्न आफूहरुले विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो ।

    आफ्नो बालवालिकाले कसरी सामाजिक संञ्जालको प्रयोग गरेको छ त्यसवारे रेखदेख गर्न अभिभावकलाइ प्रशिक्षकहरुको आग्रह थियो । त्यस्तै नभरेको लोटरी पर्दैनपर्ने भन्दै विभिन्न चिठ्ठा पर्यो भन्दै फोन आउने र पैसा हाल्न लगाउनेहरुसँग सचेत हुन आग्रह थियो । साथै साइबर बुलिङ, आफ्नो आइडी पासवर्ड कसरी राख्ने र सुरक्षित बनाउने लगायतका विषयमा पनि जानकारी दिइएको थियो । साथै साइबर अपराधबाट न्याय पाउन प्रहरीकोमा जानुपर्ने र प्रमाण सहित उजुरी गर्न समेत सुझाव दिइएको थियो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य हिरालाल अर्याल, विद्यार्थी, महिला दिदीवहिनीहरुको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.