चितवन । चितवनमा बस अनियन्त्रित भई पल्टिदा ३८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ३ पृथ्वी राजमार्गको पानीधार भन्ने स्थानमा बस पल्टिएको हो ।
बिहान कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस पल्टिएको हो । हालसम्म सम्पर्कमा रहेका ३८ जना घाईतेहरु मध्ये २५ जनाको स्थानिय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भईरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
चालक सहित ६ जनाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइ रहेकोमा र १ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ५ जनालाई उपचारको लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल तर्फ लगिएको छ । जसमा अवस्था २ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकमानै भएको कारण दुबै तर्फ अवरुद्ध भएपनि क्रेनले बस हटाएर अहिले दुई तर्फ संचालनमा आइसकेको प्रहरीले जनाएको छ ।