×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

आँटोपिठो खाँदै रत्ननगरका जनताले गाउँमै इन्जिनियरीङ पढन् पाउने


  •   शुक्रबार, चैत ११, २०७८
  • चितवन । शैक्षिक हब बनाउने पहलमा रहेको रत्ननगर नगरपालिकामा पोखरा विश्वविद्यालयको आङ्गीक क्याम्पस संचालन हुने भएको छ । क्याम्पस संचालनका लागि आज नगरपालिकामा नगरप्रमुख नारायण वन र विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेम नारायण शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेर क्याम्पस संचालन गर्ने चरण सुरु भएको हो ।

    Advertisement

    पर्यटकीय क्षेत्रबाट मात्रै होइन रत्ननगरका जनप्रतिनिधिहरु शिक्षाको हबले पनि आफ्नो ठाउँ चिनाउन कस्सीएर लागेका हुन् । यस अघि प्राविधिक विषय पढ्न भरतपुर र काठमाण्डौ जानुपर्दथ्यो । अहिले विभिन्न चार वटा विद्यालयमा प्राविधिक शिक्षा पढाई हुन्छ । जनप्रतिनिधि आएपछि मात्रै प्राविधिक शिक्षा सुरु भएको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले बताउनुभयो । अहिले स्नातक तहसम्म इन्जिनियरीङ पढाइ हुनेगरी पोखरा विश्वविद्यालयसँग वडानम्वर १२ मा आङ्गीक क्याम्पसनै संचालन गर्न आज सम्झौता भएको छ । यसले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने नगरप्रमुख वनको भनाई छ । साथै आगामी शैक्षिकसत्र देखिनै भर्ना सुरु गर्न भनेको र विद्यालयकै केही भवन रहेकाले सहज हुने बताउनुभयो । क्याम्पस संचालनका लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँको भनाई छ ।
    उपप्रमुख विमला दुवाडीले घरकै आँटोपिठो खाएर इन्जिनियरीङ अध्ययन गर्ने वातावरण वन्न लागेको भन्दै सहयोग गर्ने सवैमा आभार व्यक्त गर्नुभयो । सात वटै प्रदेशमा आङ्गीक क्याम्पस स्थापना गर्ने पोखरा विश्वविद्यालयको योजना अनुसार यो पहिलो सुरुवात हो । २५औँ वर्ष पुगेको अवसरमा यसरी क्याम्पस स्थापन गर्न तयार भएको र शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विश्वविद्यालयका उपकुलपति शर्माले बताउनुभयो । चाँडै प्राविधिक टोली आएर निरीक्षण गरेपछि थप कार्य अगाडि बढ्ने बताउनुभयो । एक बर्षमा ८० अर्ब रुपैया शिक्षाको लागि विदेशिने भन्दै यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको बताउनुभयो ।
    नगरशिक्षा अधिकारी बद्री नारायण शर्माले विद्यार्थी नभएर मर्ज भई वन्द हुन गएको ठाउँमै जग्गा दिएर क्याम्पस स्थापन गर्न सहमति भएको हो । उहाँले भननुभयो,“विद्यार्थी भएनन् । मर्जपछि संरचना र जमिन खाली थियो । त्यही ठाउँ उपलब्ध गराएर प्रकृया अगाडि बढेको हो । ”
    आउँदो शैक्षिकसत्रदेखिनै पढाई सुरु गर्ने लक्ष्य राखिएको रजिष्ट्रार डा दिपक भण्डारीले बताउनुभयो । आङ्गीक क्याम्पस भएपछि निजीमा भन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने बताउनुभयो ।

    पूर्वाधार निर्माणको लागि एक करोड रुपैया उपलब्ध गराउने नगरप्रमुख वनको भनाई छ । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,कार्यदलका संयोजक रामबाबु घिमिरे,शिक्षा समितिका सदस्य तथा कार्यदलका सदस्य विष्णु पौडेल,नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका पदाधिकारी,वडाध्यक्ष,कार्यपालिका सदस्य,शिक्षा समितिका सदस्यहरु,विद्यालयका शिक्षक,व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.