चितवन । जिल्लाको एक मात्रै गाउँपालिका ईच्छाकामनामा आज वित्तीय विपद जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
Advertisement
गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वित्तीय जोखिमलाई कसरी हटाउने वा कम गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
समयमै गाउँसभा बस्ने,बजेट पास गर्ने, तोकिएको योजनामा मात्रै खर्च गर्ने लगायतका सूचकहरुका विषयमा जानकारी गराइएको थियो ।