चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दु:ख परेको बेला माओवादी चाहिने दावी गर्नु भएको छ । माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन असफल पारेर गणतन्त्रको उपलब्धि रक्षा गर्न केही हदसम्म सफल भएकाे भन्दै साे कुरा बताउनुभएको हाे ।
नेकपा एमाले प्रती ईङ्कित गर्दै प्रचण्डले नेकपा माओवादीलाई सिध्याउन निरन्तर घेराबन्दी गरीरहेको र संबिधान सभा बिघटन त्यसैको परिणाम भएको आरोप लगाउनु भयो । उहाले भन्नू भयो ” तर बिघटनको प्रयासलाई गठबन्धन गरेर पराष्त पर्न सफल भयौ । हिजो हामीलाई घेरा हाली सखाप पार्ने रणनिती बनाएका राजनिति दल र नेताहरूले षड्यन्त्र गर्न छाडेका छैनन्। हामी त्यसको निरन्तर प्रतिरोध गरिरहेका छौ । ”
अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिदै षड्यन्त्रकारीहरू विरूध निरन्तर प्रतिरोध गर्न र घेराबन्दी तोड्न अग्रह गर्नु भयो । आफुहरू अझै पनि युध्दमा रहेको भन्दै माओत्सेतुङकाे भनाइ लाई सापटी लिदै प्रचण्डले भन्नुभयाे ,” युध्द दुई प्रकारका हुन्छन् ।पहिलो रक्तपात पूर्ण राजनीति हो अर्को रत्कपात हिन राजनीतिमा छौ । अहिले हामी हिंसामा पनि छैनाैं र हतियार पनि उठाछैनाैं तर राजनितिबाट माओवादिलाइ सखाप पार्न लागिपरेकालाई प्रतिराेध गरिरहेका छाैं । ”
चुनाव नजिक रहेकाे भन्दै षड्यन्त्र गर्नेहरुविरुद्द अलर्ट रहन आग्रह गर्नुभयाे । हिजाे संसद विघटन गर्नेहरुनै अहिलेपनि संसद अवरुद्ध पारिरहेकाे उहांकाे भनाइ थियाे । याे पनि प्रतिगमनकै षड्यन्त्र भएकाे भन्दै निरन्तर सचेत भई यसका विरुद्ध लडिरहेकाे बताउनुभयाे । साथै माडिमा गएकाे चुनाव भन्दा अझवढी संगठन मजबुद भएकाे भन्दै माडी कमिटी लाई चुनाव केन्द्रीत कार्यक्रम गर्न निर्देशन दिनुभयाे ।
देशलाई दु:ख परेको बेला माओवादी चाहिन्छ : प्रचण्ड
देशलाई दु:ख परेको बेला माओवादी चाहिन्छ : प्रचण्ड
Advertisement
तपाईको प्रतिक्रिया



