गैँडाकोट । नेपाली काँग्रेसको चुनाव लक्षित अभियान घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान गैँडाकोट ५ मा पनि बुधवारदेखि सुरु भएको छ ।
अभियान सफल पार्न नेपाली काँग्रेस गैडाकोट नगर कार्यसमितिबाट खटाईएका नगर प्रतिनिधि नगर उप–सभापति रोशन भक्त अधिकारीको उपस्थितिमा वडा सभापति लक्ष्मण कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अभियानका बारेमा अधिकारी र नगर सचिव गोविन्द घिमिरेले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा वडाभित्र रहनु भएको महासमिति सदस्य मनदभक्त अधिकारी, ओम सापकोटाले शुभकामना मन्तव्य राख्दै आगामी निर्वाचनमा नगरका सवै वडामा काँग्रेसका उम्मेदवार जिताउने गरी लाग्न शुभकामना दिनुभयो ।
गण्डकी प्रदेश सदस्य, जिल्ला सह –सचिव,क्षेत्रीय सदस्य, क्षेत्र १ क सह –सचिव एवम् सदस्य ,नगर पदाधिकारी एवम् सदस्य ,जन प्रतिनिधि ,टोल कार्यसमिति सभापति ,भातृ संघ सभापति र वडा कार्यसमितिबीच अन्तरक्रिया गरि अभियान सुरु भएको कार्कीले बताउनुभयो ।
कार्यक्रम सचिव किरण केसीले सहजीकरण गर्नुभएको थियो । बीपि स्मृति भवन गैडाकोट ५ मा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले आगामी चुनावमा काँग्रेसका उम्मेदवार जिताउन एकभएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
जनताका समस्या पहिचान गरेर समाधानका लागि ठोस योजना सहित नेपाली काँग्रेस प्रस्तुत हुने र केन्द्र, क्षेत्र, जिल्ला नगरका निर्देशनलाई पालना गर्दै थप सक्रियता बढाउने नेपाली काँग्रेस गैँडाकोट पाँचले जनाएको छ ।
सभापति कार्कीका अनुसार टोल सभापतिहरुलाई वडाको मतदाता तथ्याङ्क निकाल्ने फारम वितरण गरि ४ दिन भित्रमा वडामा बुझाउन भनिएको छ ।



