×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आजदेखि चितवनमा सुरु हुने पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी को ११ बजे उद्घाटन गरिने


  •   बुधबार, चैत ०९, २०७८
  • चितवन । एसियामै पहिलो पटक मेसिन किन्न किसानलाई कर्जाको सुविधा सहित चितवनमा आजदेखि सलोन पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ हुँदैछ ।

    Advertisement

    नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, नेपाल सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा आजदेखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु हुने प्रदर्शनीको अहिले विहान ११ बजे उद्घाटन गरिने कार्यसमिति सदस्य सुनिता नमाफुकीले जानकारी दिनुभयो । प्रदर्शनीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उद्घाटन गर्नुहुनेछ । उहाँका अनुसार आजनै ‘कृषि कर्जा मेला’को समेत उद्घाटन गरिनेछ । दिउसो नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले सो मेलाको उद्घाटन गर्नुहुनेछ ।

    उक्त कर्जा मेलामा देशका १२ बैँकका सीइओ र करिव २४ वटा बैँकहरु सहभागी हुनेछन् । देशको कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने र लागत घटाएर उत्पादन बढाउन सहयोग पुग्ने कृषिप्रविधि प्रदर्शनमा केन्द्रीत हुने र करिव २० देशमा उत्पादन भएका मेसिनहरु अवलोकन गरी खरिद गर्न सकिनेछ ।

    आफूलाई आवश्यक मेसिन खरिद गर्न तत्काल बजेट नभए कागजात पुर्याउन सके सोही कर्जा मेलाबाट किस्तावन्दीमा मेसिन खरिद गर्न सकिने सुविधा थपिएको हो । साथै अहिले कृषि कर्जाको प्रकृयामा रहेका किसानहरुले आवश्यक परामर्श लिन पाउने सुविधासहित आवश्यक कागजातवारे समेत प्रदर्शनीमा ज्ञान लिन सकिनेछ ।

    यो सुविधा एसियामै पहिलो अभ्यास भएको आयोजक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटवालले बताउनुभयो । प्रदर्शनीमा मेसिन हेर्न मात्रै नभई किसानले खरिद गर्ने सुविधा रहेकाले धेरै भन्दा धेरै किसान सहभागी हुन उहाँको आह्वान छ ।

    साथै मेड इन नेपाल प्याभिलियन समेत रहेको र यहाँ नेपालमै उत्पादन हुनेगरेका कृषि प्रविधि हेर्न र खरिद गर्न सकिनेछ ।

    १५० बढी प्रदर्शनीकर्ता रहने यहाँ २० भन्दा बढी मुलुकका कृषियन्त्र उत्पादनकर्ता सहभागी हुने बताइएको छ । महासचिव कृष्ण शर्माका अनुसार २ हजार बढी कृषि उपकरण हेर्न सकिने र १ लाख बढीले अवलोकन गर्नेछन् । उहाँका अनुसार साना किसानदेखि ठूला किसानका लागि आवश्यक मेसिन उपकरण प्रदर्शनीमा प्राप्त हुनेछ ।  करिव २० करोडको कारोवार गर्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.