×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमालेबाट निर्वाचित वडाअध्यक्षहरु भन्नुहुन्छ: ‘योजनामा प्रतिवद्ध र मुद्दामा कटिवद्ध’ छत्रराज पौडेलनै मेयरमा दोहोरिनुपर्छ


  •   बुधबार, चैत ०९, २०७८
  • गैँडाकोट । आगामी स्थानीय तहको निर्वाचन आउन जम्मा ५१ दिनमात्रै बाँकी छ । अहिले म्यादी प्रहरीको भर्नाप्रकृया सुरु भइसकेको छ । दलहरु उम्मेदवार छनौटको मापदण्ड बनाएर सर्कुलर गरिरहेका छन् । आफ्नो पार्टीका उम्मेदवार जिताउन विभिन्न अभियान चलाइरहेका छन् ।

    Advertisement

    गैँडाकोटमा पनि नेकपा एमालेबाट मेयर कसलाई बनाउने भन्ने बहस सुरु भइसकेको छ । बहसकैबीच नेकपा एमालेबाट निर्वाचित वर्तमान वडाअध्यक्षहरुले भने हालका मेयर छत्रराज पौडेललाई नै दोहोर्याउनुपर्नेमा जोड दिनुभएको छ । ‘योजनामा प्रतिवद्ध र मुद्दामा कटिवद्ध’ पौडेललाई दोहोर्याउन सके समृद्ध गैँडाकोट हासिल हुने र अपूरा कार्य पूरा गर्नुका साथै नेकपा एमालेको घोषणापत्र धेरैहदसम्म कार्यान्वयनमा आउने उहाँहरुको भनाई छ । काँग्रेसको गढ मानिने गैँडाकोटमा नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेलले २०७४ सालको चुनावमा ११ हजार ३०२ मत सहित विजयी हासिल गर्नुभएको थियो । अवको चुनावमा पनि उहाँलाई नगरप्रमुखमा दोहोर्याउनुपर्ने मत बढ्दै गएको हो ।

    आफ्नो कार्यकालमा विभिन्न मुद्दा मामला समेत झेल्नुपरेपनि जनताको सेवामा निरन्तर लाग्नुभएको र ती मुद्दा मामलामा समेत मेयर छत्रराज पौडेलकै जित भएर आफूलाई पारदर्शी नेता प्रमाणित गरिसकेकाले ‘मुद्दामा कटिवद्ध र योजनामा प्रतिवद्ध’ पौडेललाई पुन : एक कार्यकाल दोहोर्याउनुपर्ने मत रहेको हो । उहाँलाई दोहोर्याउन सकेमात्रै गैँडाकोटको विकासमा ठूलो परिवर्तन आउने र नेकपा एमालेले जनतासँग गरेको बाचा पूरा गर्न सम्भव हुनुका साथै अधुरा विकासका कार्य सम्पन्न गरी नयाँ योजना लागू गर्न सहज हुने भनाई छ ।

    घटनाचक्रसँग कुरा गर्दै सवै वडाअध्यक्षहरुले पार्टीले कसलाई टिकट दिन्छ त्यो पार्टीकै निर्णय हुने र सवैलाई मान्य समेत हुने बताउँदै आफ्नो व्यक्तिगत विचार रहेको भन्दै यो मत व्यक्त गर्नुभएको हो ।

    गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले आकाक्षिहरु धेरै हुनु स्वभाविक भएपनि पुनः एक कार्यकाल हालका मेयर छत्रराज पौडेललाई दोहोर्याउनुपर्नेमा सवै वडाअध्यक्षहरु एकमत रहेको बताउनुभयो । वडाअध्यक्ष कडेँलले भन्नुभयो,“नेकपा एमालेलेमात्रै होइन, अन्य पार्टीले पनि उहाँलाई समर्थन गर्नुपर्छ भन्ने लाग्छ । उहाँकै सक्रियतामा गैँडाकोटमा धेरै विकास निर्माणका काम भएका छन् । मेयरमा निर्वाचित हुनासाथ यो पार्टी त्यो पार्टी नभनि विकासमा लागिरहनु भएको छ । जनतासँग पनि परिचित हुनुहुन्छ । ”

    वडाअध्यक्ष कडेँलले मेयर पौडेलको व्यक्तिगत पहुँच केन्द्रीय नेताहरुसँग नभएकोभए अहिले भएकाजति विकास गर्न कठिन हुने बताउनुहुन्छ । सीमित स्रोतका बाबजुत कार्यपालिका र नगरसभामा पटक पटकको असहयोग हुँदापनि जनताको माग सम्वोधन गर्न सक्नुभएका पौडेललाई पुन एक पटक दोहोरिन दिएर समृद्ध गैँडाकोटका लागि बाँकी र नयाँ योजना पूरा गर्न दिएर नगरलाई समृद्ध पार्नुपर्नेमा जोड दिनुभयो ।

    गैँडाकोट १० का वडाअध्यक्ष देवीदत्त कडेँलले पनि अवको मेयरमा छत्रराज पौडेलललाई दोहोर्याउनुपर्ने बताउनुभयो । पाँच वर्षको अनुभवलाई पुन : एक कार्यकाल दोहोर्याउँदा जनताको चाहाना परिणाममुखि हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो,“हालसम्मपनि राम्रै काम गर्नुभएको छ । पुनः नयाँ व्यक्ति आउँदा जनतासँग नजिक भएर समस्या बुझ्नै समय लाग्छ । तर उहाँलाई त अव सवै अनुभव छ । निर्वाचित हुनासाथ जनताको काममा सिधै लाग्नुहुन्छ । त्यसैले मेयरमा नयाँ व्यक्तिभन्दा उहाँलाई दोहोर्याउनुपर्छ ।” यो पाँच बर्षमा जनताका कुन कुन काम कसरी गर्नुपर्छ भन्ने जानकारी भएको र नयाँ व्यक्ति आउँदा पुनः त्यतिनै समय जनताको समस्या बुझ्नैमा जाने भएकाले अपेक्षित नजिता आउन कठिन हुने उहाँको भनाई छ ।

    गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले मेयर छत्रराज पौडेलले आफूलाई ‘मुद्दामा कटिवद्धता र योजनामा प्रतिवद्धता’को छवि बनाइसक्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो,“ यदि साँच्चै गैँडाकोटनगरको समृद्धि चाहाने हो भने उहाँनै दोहोरिन पर्छ । उहाँ मुद्दामा कटिवद्ध र योजनामा प्रतिवद्ध नेता हो । ”

    गैँडाकोट १३ का वडाअध्यक्ष पदमलाल पौडेललेको पनि मत त्यही छ । मेयरमा छत्रराज पौडेल दोहोरिनुपर्छ भन्दै पार्टीमा निर्भर रहने बताउनुभयो । तर पार्टीले पनि उम्मेदवार छनौट गर्दैगर्दा जनतासँग परिचित र अभिमत धेरै प्राप्त हुने व्यक्तिनै छनौट गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,“मुख्यतय : कसलाई उम्मेदवार गराउने पार्टीको ‘डिसिजन’ हो । तर पार्टीले ‘डिसिजन’ पनि केको आधारमा टेकेर गर्ने भन्ने सवालमा मुख्य कुरा त जनताको अभिमत र जननिर्वाचित प्रतिनिधि भइसकेको अवस्था, कोभिडको कारण एमालेको घोषणापत्रमा रहेका विकास समृद्धिका योजना लक्ष्य अनुसार गर्न नपाएको परिस्थितीमा उहाँ दोहोरिदा धेरै राम्रो हुन्छ । ”

    पौडेलका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ती पछिको पहिलो नगरप्रमुख भएकाले संघीयताले दिएका अधिकार,निर्माणगर्नुपर्ने कानुन लगायतमा ज्ञान भइसकेकाले पुनः जिम्मेवारी दिएर यी सवै कार्य पूरा गर्न सहज हुने बताउनुभयो । साथै मेयर छत्रराज पौडेलका हालसम्म पनि कुनै नराम्रा आर्थिक आचारणहरु नभएको, जनताको काम सजिलै छिट्टै गरिदिने, सहजै भेटेर जनचाहाना पूरा गर्न प्रतिवद्ध भएकाले नगरको विकास र समृद्धिका लागि उहाँलाई दोहोर्याउदा यहाँका जनतालाई पनि फाइदा रहेको उहाँको भनाई छ ।

    गैँडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले यो विल्कुल पार्टीको अधिकार भएको बताउँदै पार्टीले निर्णय गर्ने व्यक्तिलाई सवैले मान्ने बताउनुभयो । चाहान राख्नु स्वभाविक र धेरै व्यक्तिहरु भएपनि पार्टीले उम्मेदवार छनौट गर्दा जनमत को सँग छ, काम गर्न सक्ने क्षमतावान सवै हेरेर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ एक त चुनाव नै सहज छैन । त्यस्तै निर्वाचित पछिपनि जनचाहाना र संघीयताले दिएको अधिकार प्रयोग गर्न बनाउनुपर्ने कानुन देखि बजेट ल्याउन सवै चुनौति रहेको छ । अहिले व्यक्ति तोक्नभन्दा पार्टीको निर्णय पर्खौँ । तर जनमतको हिसावमा छत्रराज पौडेल पनि राम्रो व्यक्ति हो ।”

    गैँडाकोट ८ का वडाअध्यक्ष डिलाराम रिजालले पनि मेयरमा पौडेल उपयुक्त व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ मेयरमा इच्छा राख्नु स्वभाविक हो । पार्टीले टिकट दिएको खण्डमा मेयरमा उहाँलाई फाल्नुपर्ने कुनै कारण छैन । राख्नुपर्ने व्यक्ति हो । ”

     

    मेयर छत्रराज पौडेलले यसअघिनै आफू पुनः एक कार्यकाल दोहोरिने आकाक्षा व्यक्त गरिसक्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.