×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

युवाहरुमा सिप विकास गराउँदै स्वरोजगार बनाउँदै गैँडाकोट ५, आजदेखि ड्राइभिङ तालिम सुरु


  •   मङ्गलबार, चैत ०८, २०७८
  • गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले रोजगारीका अवसर बढाउँदै लगेको छ । देशमै जटिल वनेको बेरोजगारीको संख्या कम गर्न वडाअध्यक्ष नवराज कडेँलको नेतृत्वले आफ्नो वडावासीलाई तालिमपछि सहजै रोजगारी पाइने सिप प्रदान गर्न सुरु गरेको हो । तालिमपछि सहजै रोजगारी पाउने व्यवसायिक ड्राइभिङ तालिम वडाका १६ जनालाई आजदेखि दिन थालिएको छ ।

    Advertisement

    चुनावमा जनताले जिताएलगत्तै वडाभित्रका युवाहरुको सिप विकास गरी स्वरोजगार गराउने प्रतिवद्धता अनुसार कार्यक्रम गरिएको वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिनुभयो । प्रमुख अतिथि वडाअध्यक्ष कडेँलले कार चलाएर तालिम सुरु भएको घोषणा गर्नुभयो ।

    युवालक्षित यसअघिका कार्यक्रममा खासै सहभागी नभएपनि ड्राइभिङ तालिममा उल्लेख्य आवेदन परेको र मापदण्डमा परेर छनौट भएका १६ जनालाई पहिलो चरणमा तालिम दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो पहिलो चरण हो । हाम्रो कार्यकाल सकिएपनि नयाँ आउने नेतृत्वले यो तालिमलाई निरन्तरता दिन भन्छौँ । वडाका सवै युवामा सिप विकास गर्ने हाम्रो लक्ष्य हो । ”


    ड्राइभिङ सिप रोजगारीका लागि मात्रै नभई मानिसको दैनिक आवश्यकता जस्तै वनेको र सवैखालका रोजगारीमा यसको ठूलो महत्व रहेकाले तालिम दिन थालिएको वडाअध्यक्ष कडेँलले बताउनुभयो । हातमा सिप भएपछि बेरोजगार हुन नपर्ने भएकाले तालिम राम्रोसँग लिएर १६ जनालेनै सवारी चालक अनुमति पत्र प्राप्तीको शुभकामना दिनुभयो ।

    विशिष्ट अतिथि कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले युवालक्षित अन्य धेरै कार्यक्रम गरेको बताउँदै ड्राइभिङ सिपले रोजगारी तथा स्वरोजगरका लागि सहयोग पुग्ने बताउनुभयो । तालिममा सहभागीले बीचमा नछाड्न आग्रह गर्दै राम्रोसँग सिकाउन प्रशिक्षकलाई अनुरोध गर्नुभयो। वडाले यसअघि पनि लागूपदार्थ दूव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम ,कुक तालिम लगायत सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

    वडासदस्य हरिप्रसाद ढकाल र पार्वती सापकोटाले जीवनका लागि अपरिहार्य सिप ड्राइभिङ भएको र राम्रोसँग सिकेर व्यवसायिक जीवन सुरु गर्न शुभकामना दिनुभयो ।

    ड्राइभिङ तालिम दिन छनौट भएकी सुस्मिता ड्राइभिङ स्कुल गैँडाकोट ५ की संचालिका सुस्मिता थापा मगरले २६ दिनसम्म तालिम हुने र राम्रोसँग सिकाइने बताउनुभयो । हालसम्म ३ सय बढी प्रशिक्षार्थीलाई तािलम दिइसकेको संस्था भएको बताउनुभयो ।साथै अनुमतिपत्र प्राप्तीका लागि सहजीकरण गर्ने समेत बताउनुभयो ।

    तालिममा मापदण्ड तोकेर आएका आवदेनलाई छनौट गरिएको थियो । तालिममा छनौट हुनुभएका धनराज कडेँलले वडाले महत्वपूर्ण सिप दिने तालिम ल्याएको र आगामी दिनमापनि यस्तै आवश्यकताको कार्यक्रम ल्याएर अझ धेरै युवाहरुलाई समावेश गर्न सुझाव दिनुभयो ।
    कार्यक्रम सरोज कडेँलले सहजीकरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.