चितवन। लायन्स क्लव अफ नारायणगढ संगमचोकको नयाँ कार्यसमिति चयन गरिएको छ । हिजो चितवनको फुडमार्टमा सम्पन्न १९ औँ साधारण सभाबाट लायन वर्ष २०२२/०२३ का लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
Advertisement
नयाँ कार्यसमितिको अध्यक्षमा घनश्याम न्यौपाने,प्रथम उपाध्यक्षमा सुविर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बुद्धि प्रसाद अधिकारी,तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ, सचिवमा मनोज वर्डवाल, सह–सचिवमा तुलसी प्रसाद सापकोटा र कोषाध्यक्षमा विश्वराज भट्टराई चयन हुनुभएको छ ।
त्यस्तै पिआरओमा देवेन्द्र पौडेल लगायत कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक, क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम आगामी वर्षका लागि इलेक्टेड डिष्ट्रिक गर्भनर शिद्धार्थलाल चुकेको संयोजकत्वमा सम्पन्न भएको थियो ।