×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वाध्यता र रहरको सम्मिश्रणमा म्यादी प्रहरी वन्न घण्टौँ लाइनमा


  •   सोमबार, चैत ०७, २०७८
  • डोलराज रानाभाट । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि आवेदन लिन थालेपछि यतिवेला भीड बढेको छ । वैशाख ३० को स्थानीय चुनावका लागि देशभरबाट १ लाख जनशक्ति माग हुँदा चितवनमा पनि आवेदन दिनेहरु उल्लेख्य छन् । कतिपय रहरले र धेरै वाध्यताकै कारण म्यादी प्रहरी वन्ने प्रकृयामा आएको बताउँछन् ।

    Advertisement

    राप्ती नगरपालिका १ का मिलन पाठक आठ वर्ष विदेश वस्नुभयो । हातमा अन्तराष्ट्रिय तहकै सर्टिफिकेटहरु छन् । तर आफ्नै देशमा त्यसलाई मूल्याङ्कन गरिदिने न कम्पनी छन् न पर्याप्त तलव । पर्यटक गाइडको समेत कार्य गर्नुभएका उहाँ कोरोनाले त्योपनि खोसीयो । अहिले म्यादी प्रहरीका लागि निवेदन दिन गेष्टहाउस चौउरमा उभिइरहनुभएको थियो । तर कहिले कुन लाइन त कहिले कता उभिन भनिरदा दिक्क मानेर चर्को घाममा छुट्टै उभिनुभएका उहाँ निवेदन दिने पालो कतिवेला आउला भनेर प्रहरीको गेटतर्फ चिहाइरहनुभएको थियो ।

    गुल्मी घर भइ हाल गँैडाकोटमा बस्दै आउनुभएकी दिपा नेपाली गेष्टहाउस चउरमा आउनुभएको विहानै हो । हातमा आवश्यक कागजात छन् तर अत्याधिक भिड भएपछि प्रहरीले २०/२० जनालाई मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गरेकाले चर्कौ घाममा छाताको छायाँमा बसी पालो कुरिरहनुभएको थियो ।

    स्नातक दोस्रो तहमा अध्ययनरत उहाँ आम्दानीसँगै पाँच वर्षमा आउने चुनावमा देशका लागि सेवा गर्ने अवसर समेत पाइने उत्साहले म्यादी प्रहरीका लागि फर्म भर्न आएको बताउनुभयो । स्नातक दोस्रो तह अध्ययन गर्दासमेत देशमा रोजगार नपाएको भन्दै उहाँले चुनावका समय रोजगारी दिन्छौँ भन्नेहरु चुनाव जितेपछि फर्केर नआउने गुनासो गर्नुभयो ।गाउँको विकास समेत नभएको भन्दै छोटो समयका लागि भनेपनि केही आम्दानी हुने आसाले फर्म भर्न आएको बताउनुभयो ।

    भीडले सडकनै अवरुद्ध हुनपुगेपछि चितवन प्रहरीले आवेदन दिनेहरुलाई गेष्ट हाउस चउरमा राख्ने र त्यहाँबाट समूह समूह बनाएर आवेदन दिने ठाउँमा पुग्ने व्यवस्था मिलाएको छ । देशभर १ लाख जनशक्ति माग भएपनि चितवनका लागि जम्मा १ हजार ७ सय ९ जनाका लागि आवेदन माग भएको छ । जसमा पहिलो दिन आइतवारमात्रै ७२१ जनाले आवेदन दिइसकेका छन् । अहिले कार्यालय परिसरमा तीन स्टल आवेदन लिन छुट्टाइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताउनुभयो ।

    उल्लेख्य सहभागीता रहेको भन्दै आवेदन दिन सहज गराउँदै लगिएको जानकारी दिनुभयो । चैत ११ गतेसम्म आवेदन दिन सकिने अधिकारीले बताउनुभयो ।

    छोटो समयमा मध्यम आम्दानी हुनेभएछि म्यादी प्रहरीमा आकर्षण बढेको छ । आर्थिक अभावले थिलोथिलो बनाएको पीडा एकातिर, विदेश जान सहज वातावरण अझै नवन्दा वाध्य भएर म्यादी प्रहरीमा आउनुपरेको अधिकाँशको भनाई थियो । छोटो अवधिका लागि भएपनि केही रकम आम्दानी गरी केही घाउ पुर्न यसले काम त गर्छ तर सरकारले न रोजगारीका अवसर सृजना गर्न सक्यो न सहजै ऋण वा अनुदान लिएर व्यवसाय गर्ने बातावरण बनायो भन्दै उनीहरुले पीडा पोखे ।

    पत्रकारले रिर्पोटीङका लागि आवाज दिन आग्रह गर्दासमेत हामीले बोलेर कसले सुनिदिन्छर भन्ने थकीत शब्द उनीहरुको थियो । म्यादीमा छनौट भए त केही सपना पूरा होला छनौट भइनहाले के गर्ने कुनै योजना उनीहरुसँग छैन । वर्षौँदेखि सत्ता हाँक्नेहरु लुछाचुडीमै व्यस्त भएको भन्दै बेरोजगारी समस्या समाधान भाषणमात्रै नेताहरुले सीमित बनाएको भन्दै उनीहरुले छनौट भएर सेवा गर्न पाए देशका लागि सानो भएपनि योगदान हुने भन्दै उत्साहित पनि देखिएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.