×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उत्तेजनाको अभिव्यक्ति दिनभन्दा भत्कीएको घर सम्हाल्न ओलीलाई काँग्रेस महामन्त्री शर्माको सुझाव

"आगामी केन्द्रीय कार्यसमिति बैठकले गठवन्धन हुनेनहुने टुंगो लाउँछ "

  •   सोमबार, चैत ०७, २०७८
  • चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भत्कीएको घर बनाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । ।

    Advertisement

    आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले काँग्रेसलाई १३ सीटमा सीमित गर्ने ओलीको अभिव्यक्ति कार्यकर्तालाई उत्तेजीत गर्न र आफूलाई आनन्द महसुस गर्न मात्रै बोल्नुभएको बताउनुभयो । शर्माले भन्नुभयो,“केपी ओलीलाई एकछिनको आनन्दका लागि भन्नुभयो । अन्यथा हिजोको चुनावका सारथी माधव नेपाल,झलनाथ खनाल , प्रचण्ड कहाँ हुनुहुन्छ अहिले ? आफ्नो घर भत्कीएर विजोग छ । अन्य पार्टीलाई खसाल्न भन्दा भत्कीएको घर सह्माल्न आग्रह गर्छु।”

    साथै शर्माले गएको भन्दा अहिलेको चुनावमा देशव्यापी काँग्रेसको मुभमेन्ट बढेको बताउनुभयो । शर्माले भन्नुभयो,“गएको चुनावमा काँग्रेस असहज अवस्थामा थियो । एक्लै लडेको हो तर अहिले एमाले छिन्नभिन्न छ । हामी ठूलो पार्टी हुनेगरी तयारी गरिरहेका छौँ ।” नेकपा एमालेलाई वस्तुगत तथ्य हेरेर टिप्पणी गर्न उहाँको सुझाव थियो ।

    काँग्रेस देशभरीनै चुनावका लागि स्थानीय तहसम्म पुग्ने मात्रै पार्टी नभई कोभिड महामारी देखि प्राकृतिक विपद लगायत सवै समय उत्तिकै सक्रिय भई जनताको सेवा गरेको बताउँदै चुनावमा केही बढी जागरुक हुनु स्वभाविक भएको बताउनुभयो ।

    साथै संसद चल्न प्रतिपक्षले नदिएको बताउँदै जनताको म्यान्डेटकै अपमान एमालेले गरिरहेको टिप्पणी गर्नुभयो । संसद चलाउन काँग्रेस असफल भएको हो भन्ने प्रश्नमा शर्माले संसद विघटन हुनवाट जोगाएको भन्दै सरकारमात्रै सवै कुरा नभएको बताउनुभयो । सरकारले संसद चलाउन भूमिका खेलेको तर प्रतिपक्षलेनै संसद चल्नै नदिने वाचा,कसम, किरिया नै खाएपछि निरन्तर अवरुद्ध भइरहेको बताउनुभयो । तर पनि सरकारले जनताको सुरक्षा ,सेवामा अवरोध हुन नदिएको उहाँको भनाई थियो ।

    शर्माले भन्नुभयो,“ओलीलाई मात्रै जनताले निर्वाचित गरेको होइन । अन्य सांसदलाई पनि हो तर उहाँकै हठले संसद अवरुद्ध भइरहेको छ । जनताले दिएको म्यान्डेड सरकार चलाउने थियो त्यो पनि चलाउनुभएन अहिले संसद पनि चलाउन दिनुभएको छैन । ”
    देशलाई ट्रयाकमा ल्याउन काँग्रेसले प्रयास गरिरहेको भन्दै अवको चुनावमा जनताको मतले कुन ठूलो कुन सानो पार्टी भनेर फैसला गर्ने बताउनुभयो ।

    साथै आगामी बस्ने केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा गठवन्धन गर्ने नगर्ने टुंगो लगाउने बताउनुभएको छ । शर्माले चैत ११ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ आउने रायका आधारमा निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो,“देशभरबाट अध्ययन गरेर आउनुभएका साथीहरुसँग भेट हुन्छ । स्थानीय तहमा साथीहरुको भावना पनि बुझ्ने अवसर पाइन्छ । त्यसपछि निर्णय हुन्छ । ”
    केन्द्रीय कार्यसमितिको बैठकमा विगतका निर्वाचनमा भएका कमजोरी, सफलता, त्यसबाट भएको सिकाई लगायतमा पनि गहन छलफल हुने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.