लमजुङ । मनाङ जोडने एक मात्र बेसीशहर–चामे सडक पुन ः १० दिन बन्द हुने भएको छ । मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।
Advertisement
नासों गाउँपालिका(९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।
यसअघि सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। बेशीसहर(चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।