नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषध सहित तीनजनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप कुमार गिरीका अनुसार प्रहरी चेकीङका क्रममा हिजो साँझ चालिस किलो जंगलबाट तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका १२, कुनाघाट बस्ने वर्ष २८ का विजय वल र ३० वर्षका सुन्दर तामाङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नुर्फिन,डाइजापाम र फेनारगन ४९/४९ सहित नियन्त्रणमा लिई कानुन वमोजिम अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाण्डौं तर्फ जान लागेको ना ६ ख ९६७९ नम्बरको बसमा सवार उनीहरुको साथाबाट प्रहरीले सो परिमाणका लागुऔषध बरामद गरेको हो ।
त्यस्तै हिजो नै राती सोही स्थानबाट प्रहरी चेकीङकै क्रममा व्यास नगरपालिका २ तनहुँ बस्ने ३३ वर्षीय मोहन शाही पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले नुर्फिन २८, डाइजापाम २८ र फेनारगन २८ बरामद गरेको छ । उनी प्रदेश नम्वर २ –०३–०२१ प २४३० नम्बरको स्कुटर चढेर आएका थिए । उनलाई नियन्त्रणमा लिई कानुन वमोजिम अनुसन्धान भईरहेको गिरीको भनाई छ।



