चितवन । बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा चितवका खेलाडीहरुले प्रथम स्थान हासिल गरेका छन् । विभिन्न तौलमा प्रतिस्पर्धा गरेका खेलाडीहरु विजयी भएका हुन् ।
Advertisement
भरतपुर महानगर खेलकुद विकास समिति अध्यक्ष विकास श्रेष्ठका अनुसार तेक्वान्दो बिधा तर्फ भरतपुर महानगरबाट प्रतिनिधित्व गर्दै ८७ के जी माथीको खेलमा सौरभ सिंग ठकुरी प्रथम हुनुभयो ।
त्यस्तै ७३ केजी माथीको खेलमा नमिसा गौली प्रथम हुन सफल र ७३ के जी मुनी दुर्गा राई दोस्रो हुन सफल हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।



