चितवन । निर्माण सम्पन्न भएसँगै चितवनको भरतपुर महानगरपालिका १३ को वार्ड कार्यालय उद्घाटन गरिने भएका छ । आज सर्वपक्षिय भेला बसेर कार्यालय भवनको मेयर रेनु दाहालले उद्घाटन गर्नेगरी कार्यक्रम बनाइएको हो ।
आउँदो बुधवार राइनोकुञ्जमा रहेको कार्यालय उद्घाटनसँगै वार्ड भवन निर्माणका लागि जग्गा दिने दाता प्रेमनाथ कोइरालालाई सम्मान समेत गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष प्रकाश दवाडी जानकारी दिनुभयो ।
सोहि अवसरमा स्वास्थ्य चौकी,बोटे होमस्टे शिल्यान्यास गर्ने र नवोदित डेरी उद्घाटन गरिने अध्यक्ष दवाडीले जानकारी दिनुभयो।
त्यस्तै वार्ड भित्र रहेर बिबिध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरु,जेष्ठ नागरिक, उत्कृष्ट करदाता लगायत लाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
कार्य सम्पादन का लागि १०१ सदस्यीय मुल आयोजक समिति र बिभिन्न ८ वटा उप–समिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक वार्ड सदस्य सीता दर्जीले जानकारी दिनुभयो ।
बिहान सात बजे पञ्चेबाजा सहित शुरु हुने शोभा यात्रामा पञ्चकन्या, विभिन्न जातजातिका भेषभुषा, टोल सुधार अन्तर्गतका महिला समुह सहभागी हुने दर्जीले जानकारी दिनुभयो ।