×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरको गैंडाकोट ४ मा अचार बनाउने तालिम सम्पन्न, व्यवसायिक उत्पादन गर्ने प्रतिवद्धता


  •   शुक्रबार, चैत ०४, २०७८
  • गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा.लि. भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेको महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

    Advertisement

    महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाईएको उहाँको भनाई छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी,खाद्य निरीक्षक प्रदिप काफ्ले र साल्ट टेड्रीङ कर्पोरेशनका विकास अधिकारीले प्रशिक्षण दिनुभएको हो ।

    अचार बनाउने व्यवहारिक अभ्यास सिकाएर उद्योग दर्ता, खाद्य ऐन तथा आयोडिन परीक्षण गर्न समेत सिकाइएको थियो ।
    नगरप्रमुख छत्रराज पौडेलले महिलाहरूलाई आत्मनिर्भर गराउन व्यवसायिक विभिन्न विषयगत तालिम दिंदै आएको बताउंदै सिपलाई व्यवहारमा लैजान सुझाव दिनुभयो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले अन्य देशका नागरिकले गैँडाकोटका कतिपय पेशा ओगटेको भन्दै सीप भए खाली हात बस्नुनपर्ने बताउनुभयो। सिप लिएपछि व्यवसायिक वन्न सुझाव दिँदै वडाबाट हुनसक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो । आफूभित्र रहेको अथाह क्षमतालाई पहिचान गर्नसक्नुपर्ने बताउँदै कोभिडले महिलालक्षित धेरै कार्यक्रम गर्न नसकेको बताउनुभयो। विदेशबाट कमाएर नेपाल पठाउने रकम उत्पादनक्षेत्रमा लगाउन उहाँको सुझाव थियो ।

    कार्यक्रममा कार्यपालिका सदस्य संगीता घिमिरे पण्डीत, नेकपा एमाले नवलपुरका सदस्य गिरीराज उपाध्याय, नेपाल वार एशोसियसन नवलपुरका सदस्य जनक ढुङ्गाना, शुभश्री टोलविकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे, शिवशक्ति तेल मिल रिफाइनरी उद्योगका संचालक टिपक सापकोटा, जनक आधारभूत विद्यालयका प्रधानाध्यापक वामदेव घिमिरे,मैत्री समाजका अध्यक्ष अमृतकान्त पण्डित, सामाजिक अगुवा विश्वनाथ नेपाल,डिल्ली सिग्देलको उपस्थिती थियो ।


    मौलाकालि बचत समूहका अध्यक्ष सीता घिमिरेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले सिप लिएपछि व्यवहारमा लैजान र कम्तिमा घरमा आवश्यक पर्ने अचार आफै बनाउन सुझाव दिनुभएको थियो ।

    तालिमलाई शिवशक्ति तेल मिल रिफाइनरी उद्योग र मौलाकालि बचत समूहको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।


    समापन कार्यक्रममा बोल्दै सहभागीमध्येबाट दिव्यश्वरी वाग्लेले एक दिने सिपले अचारको व्यवसायिक उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक , घननाथ अधिकारी, प्रदिप काफ्ले, बिकास अधिकारी, जनक आधारभुत बिद्यालयका प्रधानाध्यापक बामदेब घिमिरे, मौलाकालि बचत समूह अध्यक्ष सीता घिमिरे, शिबशंक्ति तेलमिल रिफाईनरि उद्योगका अध्यक्ष दिपक सापकोटा र शुभश्री टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे लाई सम्मान पत्र द्वारा सम्मान प्रदान गरिएको थियो ।
    कार्यक्रम अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको थियो । साथै तालिममा सहभागीहरुले व्यवहारिक अभ्यासका क्रममा बनाएको अचार अतिथिहरुलाई उपलब्ध गराएका थिए । समापन कार्यक्रमको सहजीकरण पत्रकार डोलराज रानाभाटले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.