×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटको मेयरमा काँग्रेसबाट दुईजनाको दाबी (भिडियो)


  •   शुक्रबार, चैत ०४, २०७८
  • गैँडाकोट । स्थानीय तहको चुनाव २०७९ आउन अव ५४ दिनमात्रै बाँकी छ । निर्वाचन आयोगले आचारसंहिता समेत जारी गरेपछि अव माहोल तात्दै छ । दलहरुवीच उम्मेदवार छान्ने मापदण्ड बनाउने र सार्वजनिक गर्ने गरेका पनि छन् कोही तयारीमै ।

    Advertisement

    स्थानीय तहको चुनाव २०७९ का लागि गैँडाकोटको मेयरमा काँग्रेसबाट कसले टिकट पाउला धेरैको चासो छ । चासोकाबीच हालकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले सार्वजनिक कार्यक्रमबाटै आफू मेयरका लागि योग्य भएको र टिकट दिलाइदिन माग गर्नुभएको छ ।

    आज नेपाली काँग्रेस गैँडाकोट ८ को कार्यालय उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै जिल्ला सभापति, क्षेत्रीय, प्रदेशसभा क्षेत्र, नगर र वडा सभापतिलाई सम्वोधन गर्दै सवैजना यहाँ हुनुहुन्छ, उहाँले भन्नुभयो,“म मेयरको लागि सक्षम छु, मलाई टिकट दिन अनुरोध गर्दछु ।” जनताले अत्याधिक मत दिएर उपमेयरमा जिताएपछि जनताको हित र अधिकारी दिलाउन निरन्तर काम गरेको उहाँको भनाई थियाे।

    विपक्षि दलका मेयर भएपनि काँग्रेसको नीति सिद्धान्तलाई स्थापित गराउन आफू निडर भई काम गरेको बताउँदै आगामी चुनावमा मेयरका लागि आफू योग्य रहेको उहाँको भनाई थियो । आफूले गर्नसकेका कामहरु उपमेयरको कुर्चीबाट पूरा गरेँ, उहाँले थप्नुभयो,“ आज मैले मञ्चमा देखिरेहेका छु, नगरसभापति,प्रदेशसभापति, क्षेत्रीयसभापति, जिल्लासभापति रहेको अवस्थामा राष्ट्रव्यापी महिलालाई नेतृत्व दिनुपर्छ भन्ने अभियान चलिरहदा म पनि सक्षम छु । तसर्थ आगामी दिनमा यो गैँडाकोटको नेतृत्व लिनका लागि म तयार रहेको जानकारी गराउँदै टिकटका लागि यहाँहरु सवैले मलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि मैले राखेको छु ।” अव गैँडाकोटको मेयरमा महिलाको नेतृत्व पाँच वर्षका लागि हेरिदिन उहाँले पार्टीलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै उपप्रमुख कडेँलले विगतको स्थानीय तह नतिजा हेर्दा लज्जावोध भएको बताउनुभयो । अव विगतको अवस्था आउन नदिन सवैले रुखमा भोट हाल्ने र एकजुटहुनुपर्ने बताउनुभयो । मेयर, उपमेयर, वडाअध्यक्ष लगायत सवै प्रतिनिधिमा काँग्रेस आएमामात्रै आफूहरुले चाहे अनुसारको योजना हुने र काँग्रेसको प्रजातान्त्रीक समाजवाद स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । साथै घोषणापत्रमा उल्लेख भएका बाचा पूरा गर्नपनि मद्धत मिल्ने उहाँको भनाई थियो । कम्युनिष्टसँग सावधान रहन आह्वान गर्दै उहाँले भन्नुभयो,“कम्युनिष्टहरु झुठो बाल्न र अरुलाई भड्काउन उनीहरु माहिर छन् । त्यो मैले राम्रोसँग बुझेको छु । भड्काउने खेतीमा उनीहरु लागिसके त्यसैले भ्रममा कोही नपर्नुहोस् ।”

    काँग्रेस फुटाएर फाइदा लिने रणनीति कम्युनिष्टहरुको रहेको भन्दै काँग्रेसजनहरु सावधान हुनुपर्नेमा उहाँको जोड थियो । उहाँलगत्तै मन्तव्य राख्ने अवसर पाउनुभएका काँग्रेसका पुराना एवम हालका महासमिति सदस्य मदनभक्त अधिकारीले खुट्टा नकमाउने बताउनुभयो । आफू खुट्टा कमाउने नेता नभएको प्रष्ट पार्दै त्यागी भएको उदाहरण दिनुभयो ।

    विगतको चुनाव काँग्रेसकै कमजोरीले मेयरमा हार खानुपरेको बताउँदै अवको चुनावमा काँग्रेसलाई जिताउन सवैले वाचा गर्नुपर्ने बताउनुभयो । गैँडाकोटमा काँग्रेसले लठ्ठी उठाएपनि जित्छ भन्ने ठाउँमा जित हुन्छ भन्ने मान्यता रहेपनि मेयरमै हार्नुपरेको अधिकारीको भनाई थियो । उहाँले भन्नुभयो,“अवको चुनावमा काँग्रेसको १८ वटै वडामा काँग्रेसको जित हुने आशा लिएको छु ।”

    गैँडाकोटको मेयरमा आफ्नो दावी रहेको आशय दिँदै अधिकारीले भन्नुभयो,“दिदीवहिनीले त थाहा छैन तर दाजुभाइहरुले खुट्टा कमाउने नेता भन्नुहुन्छ । तर मैले १२औँ,१३ र १४ औँमा पनि सहमतिमा जोड दिएँ । तर तीनै पटक मैले छोडिदिएँ । गैँडाकोटको मेयरमा पनि मैले टिकट दिन भनेको थिएँ । तर यहीका साथीहरुले गर्दा त्यो पनि मैले छोडिदिँए । तर अहिले त मैले खुट्टा कमाउने छैन। तर त्यो खुट्टा मैले अहिले दरोसँग टेक्नेछु र यहीबाट उद्घोष गरेँ ।”

    कार्यक्रममा वडासभापति रामप्रसाद सापकोटा, प्रदेशसभा क्षेत्रीय सभापति गोपाल सापकोटा, संघीय क्षेत्रनम्वर १ का सभापति अमृत भट्टचन र जिल्लासभापति महेन्द्रध्वज जिसी रहनुभएको थियो । कार्यक्रममा बोल्दै सभापति जिसीले व्यक्तिगत टिप्पणीमा नगएपनि नेताको नजिक भएर हाम्रोलाई टिकट नमिल्ने प्रष्ट पार्नुभयो ।

    जनतासँग नजिक भएको र राम्रो उम्मेदवार जसलाई वडाले सफारिस गर्छ उसैले टिकट पाउने बताउनुभयो । यद्यपी आगामी चुनावमा काँग्रेसलाई ठूलो पार्टी बनाउन विगतका कमीकमजोरी,नमिठा पलहरु भूल्नैपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.