गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोट ८ काे कार्यालय उद्घाटन गरिएकाे छ। आज एक कार्यक्रमगरि प्रमुख अथिति नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसी ले उद्घाटन गर्नुभयाे ।
कार्यालयकाे उद्घाटन गर्दै सभापति जिसीले पद म्युजिकल चेयर जस्तै भएकाे भन्दै विभित्र व्यक्तिको जिम्मामा आईरहने बताउनुभयाे। पद पाउने ठूलाे र नपाउनेले चिन्ता गर्ने नभई सवै तिता गतिविधि भुलेर आगामी चुनावकालागी एक हुन आह्वान गर्नुभयाे । उम्मेदवारका लागि टिकट नेताकाे नजिक हुनेले नभई वडाले सिफारिस गरेकाे जनतामाझ परिचित व्यक्तिले पाउने बताउनुभयाे ।
वडा सभापति राम प्रसाद सापकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै महासमिति सदस्य मदनभक्त अधिकारीले आफू खुट्टा कमाउने नभइ त्यागी नेता भएकाे बताउनुभयाे । आगामी चुनावमा मेयर पदमा खुट्टा नकमाउने उहाकाे भनाई थियाे । गैंडाकोटमा कांग्रेस हार्नुमा गल्ती भएकाे भन्दै अब विगत दाेहाेरिन नदिने बताउनुभयाे ।
महासमिति सदस्य एवम् नगर उपप्रमुख विष्णुकुमारी कडेंलले आफूलाई नगरप्रमुखकाे टिकट दिन आह्वान गर्दै विगतकाे अवस्था दाेहाेरिन नदिन आग्रह गर्नुभयाे । उपप्रमुखमा रहेर आफूले पार्टीको नीति,सिद्धान्तलाई ढल्न नदिएर जनताकाे काम गरेकाे भन्दै मेयर पदमा सक्षम रहेकाे र टिकट दिन सार्वजनिक रुपमै अआह्वान गर्नुभयाे । साथै कम्युनिस्ट लाई विश्वास नगर्न उहाँको सुझाव थियाे ।
नवलपुर क्षेत्र १ का सभापति अमृत भट्टचनले कांग्रेसले रुपान्तरण चाहेकाे भन्दै एकताकाे साथ आगामी चुनावमा जानुपर्ने र तवमात्र जित हासिल हुने बताउनुभयाे ।
मुस्कान सहितकाे कांग्रेस बनाउन सकेमात्र जनताले साथ दिने भन्दै अहिले चल्ने अभियानमा एमसीसी बारे जनतालाई प्रष्ट पार्नुपर्नेमा जाेड दिनुभयाे । अवकाे चुनाव सुर्य र हसीयाहताैडाविरुद्ध लड्नुपर्ने भएकाले कांग्रेसले तयारी तीव्र पार्नुपर्ने बताउनुभयाे । वडानम्वर ५ र ८ मा वडाअध्यक्ष हार्न हुन्नन्थ्याे भन्दै अब त्याे नदाेहाेरिने उहांकाे दावी थियाे । ५२ वटा वडा, तीन नगरपालिका र एक गाउंपालिकामा कांग्रेसका उम्मेदवार जिताउने अठाेट लिनुभयाे ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति गाेपाल प्रसाद सापकोटाले विगतमा गुमेकाे क्षेत्रमा समेत चारतारे झण्डा फहराउने गरि काम गर्ने र ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई परिणाममुखि गराउन अनुराेध गर्नुभयाे।
नगर सभापति बद्री सापकोटाले कार्यालय स्थापनासंगै पाटीकाे गितिविधि संचालन गर्न सहज हुने र आगामी स्थानीय चुनावमा गैंडाकोट ८ मा कांग्रेसलाई भारि मतले जिताउने गरि लाग्न आह्वान गर्नुभयाे ।
वडा सचिव जीवन पाैडेलले सहजीकरण गर्नुभएकाे कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।
कार्यालय क्षेत्रीय सभापति गाेपाल सापकोटाले उपलब्ध गराउनुभएकाे घरमा रहेकाे हाे । कार्यक्रममा वडासभापति रामलाल पराजुलीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।