चितवन । कोरोना संक्रमण शून्यतर्फ जानथालेपछि चर्चित पर्यटकीय नगरी सौराहाको मुख्य बजारमा रहेको जंगल सफारी लजले छुटैछुट प्रदान गरेको छ । ‘पे नाउ गो लेटर’ नामक अफर दिएर होटलले छुट प्रदान गरेको हो ।
होटलका संचालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध छ । जसमा दिन रातको जम्मा ४ हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम दिएपछि एउटा नम्वर सहितको भौचर उपलब्ध गराउने छ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत्र २०७८ अन्तिमसम्ममा एडभान्स रकम तिर्नुपर्नेछ ।
उक्त भौचर लिएर २०७९ साल वैशाख २ देखि २०७९ कै चैत्र २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । तर कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोवासका लागि यही मूल्यमा जहिले आएपनि हुने अफर नै ‘पे नाउ गो लेटर’ भएको घिमिरेले बताए । तर भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले पहिलानै खवर गर्नुपर्नेछ । तीन दिनसम्मका लागि ४ हजार पाँच सय ले हुने तर वसाई लम्ब्याउने पर्यटकले सोही समयको दररेट तिर्नुपर्ने हुन्छ ।
यसरी एक वर्षसम्मकै लागि ल्याएको यो अफर नयाँ भएको घिमिरेको भनाई छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर अफर ल्याएको र कोभिड पछिको आर्थिक अवस्था विस्तारै सुधारिदा छुट प्रदान गरेको उनको भनाई छ । अहिलेको नेपाली नयाँ वर्षलाई केन्द्रमा राखेर ल्याएको अफर अर्को वर्षको नयाँ वर्ष सुरुहुनु अघिसम्म मान्य हुनेछ ।
अफरमा बस्न आउनेहरुले कुपनमा तोकेको मिति भन्दा फरक दिनमा आउन चाहे होटललाई एक हप्ता अगाडि जानकारी दिनुपर्ने उनको भनाई छ । एडभान्स दिएको रकम फिर्ता नहुने र २ जना ठूलो उमेर १ जना ९ वर्षमुनिका व्यक्ति गरी तीन जनालाई मात्रै यसमा समावेश गर्न सकिने उनले बताए । साथै अफरमा सहभागी हुने तीन जनालाई लक्की ड्र बाट सरप्राइज गिफ्ट समेत प्रदान गरिने घिमिरेले बताए ।