चितवन। चितवनमा गैँडाको आक्रमणबाट बच्न भाग्दा पोखरीमा डुबेर एक सैनिक जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार निकुञ्ज गस्तीमा गएको समय गैँडाले आक्रमण गर्न लागेपछि भाग्दा निकुञ्जभित्रको दलदले पोखरीमा डुवेर मृत्यु भएको हो ।
Advertisement
मृत्यु हुनेमा राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको कोर ईलाकामा अवस्थित साईली माईली पोष्टमा कार्यरत खोटाङ जिल्ला खोटाङ गाउँपालिका ४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् ।
आज साँझ साईली माईली पोष्टबाटबाट सुरक्षार्थ हुद्धा भोज बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलिमा उनी थिए ।
सूचनापाएपछि ईलाका प्रहरी कार्यालय फुलाबारीबाट टोली पुगेर घटनास्थल तथा शवको जाँच मुचुल्का तयार गरी थप अुनसन्धान भइरहेको अधिकारीेले बताए ।