×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कावासोतीका १७ वटै वार्डमा आत्म सुरक्षा तालिम हुने, आज ज्ञानोदय माविमा सम्पन्न


  •   बुधबार, चैत ०२, २०७८
  • कावासोती । नवलपुरको कावासोती नगरपालिकाका १७ वर्ट वार्डमा आत्मसुरक्षा तालिम हुने भएको छ । वार्ड भित्रका विद्यालय र समुदाय लक्षित तालिम आजदेखि सुरु भएको हो ।

    Advertisement

    जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना किशोरीहरुलाई आत्म सुरक्षा को प्रशिक्षण दिएर अभियान सुरु गरिएको संस्थाका महासचिव दिपक शर्माले बताए ।

    सोही अभियानअनुसार आज कावासोती ८ मा रहेको ज्ञानोदय माविमा तालिम संचालन गरिएको हो । विद्यालयका छात्रा विद्यार्थीका लागि आफ्नै साथीहरूले आत्म सुरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागी विद्यालयको तर्फबाट सहयोग गर्ने प्रधानाध्यापक चेतनाथ अधिकारीले बताए ।

    बालबालिका संग सम्बन्धित समस्याहरू समाधान गर्नको लागि स्वयम् आफ्नै उमेर भित्रका साथीहरूले सिकाउँदा प्रभावकारी हुने र उनीहरूको क्षमता अभिवृद्धि समेत हुने उनको भनाई थियो । आज ५० जना विद्यार्थीहरूको सहभागीता रहेको र उनीहरुलाई हिंसा, दुर्व्यवहार र शोषण विरुद्ध लड्नको लागि विभिन्न स्टेपहरु सिकायाइएको शर्माले बताए ।
    आत्म सुरक्षाका सीपहरु अन्तिम परेपछि मात्र प्रयोग गर्नुपर्ने र आफू सुरक्षित हुनको लागि गरिने भएकाले यसले अरूलाई हानी पुर्याउन नहुनेमा सहजकर्ता आशिका पोख्रेलको जोड थियो ।

    धेरैले आत्म सुरक्षा तालिम भन्ने बितिकै शारीरिक अभ्यास बुझेको तर यो मानसिक रूपमा समेत तयारी र अन्य विविध विषयहरु हिंसा, दुर्व्यवहार, असमानताबारे बताइने र नेपालको संविधान र कानुनले गरेको व्यवस्थाहरूको बारेमा जानकारी समेत दिने गरिन्छ ।

    किशोरीहरु आफैले तालिमहरु लिने र दिने काम नियमित रूपमा सञ्चालन गर्न सके हिंसा विरुद्धको अभियान सफल हुने शिक्षक यवम साहित्यकार टिका सापकोटाको भनाई थियो ।

    किशोरी अभियन्ता आशिका पोख्रेल र दिया लम्सालले तालिममा सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.